जेन–जी आन्दोलनमा पोखरामा १३ जना घाइते उपचारत

समाधान संवाददाता २०८२ भदौ २८ गते १८:३९

पोखरा ।
जेन–जी आन्दोलनका क्रममा पोखरामा घाइते भएका १३ जना उपचारत छन् । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ६ जना र गण्डकी मेडिकल कलेज (जिएमसी)मा ७ जना गरी १३ जना उपपचारत छन् । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा २२ जना घाइते उपचारत मध्ये बाँकी ६ जनाको उपचार भइरहेको अस्पतालका सूचना अधिकारी सुशिल अर्यालले जानकारी दिए ।


उनका अनुसार एक जनाको शनिबार मृत्यु भएको छ । आगोले जलेर उपचारका एक जनाको शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको उनले जानकारी दिए । जेन–जी आन्दोलनका क्रममा पोखरामा घाइते भएकाहरूको निशुल्क उपचार गरिरहेको उनले बताए ।


गण्डकी मेडिकल कलेजमा हालसम्म २६ जना घाइते उपचार गराएको कलेजका सूचना अधिकारी कृष्ण पौडेलले बताए । तीमध्ये धेरैजसो उपचारपछि घर फर्किसकेका छन् ।

Advertisement


तीमध्ये सात जना अझै विभिन्न वार्डमा उपचाररत छन् । न्यूरो आइसियूमा दीपेश परियार छन् । हाडजोर्नी वार्डमा सुशान्त विक, विशाल अधिकारी, समिर अधिकारी र आशिष रानामगर उपचाररत छन् । यस्तै, सबिन गुरुङ र अनिश सापकोटा क्रमशः सर्जिकल र दन्त वार्डमा उपचार गराइरहेका छन् । जिएमसीका अनुसार उपचाररत सबैको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया