जेनजी आन्दोलनमा तोडफोड गर्नेलाई कारबाही गर्न क्षत्री समाजको माग
समाधान संवाददाता
२०८२ भदौ २९ गते १६:५५
पोखरा ।
क्षत्री समाज कास्कीले भदौ २३ र २४ गते जेनजीको आन्दोलनका क्रममा निधन भएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।
समाजले आइतबार विज्ञप्ति मार्फत घाइते भएकाको स्वास्थ्यलाभको कामना गर्दै परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।
विज्ञप्तिमा आन्दोलनका क्रममा राष्ट्रिय सम्पदा, कर कार्यालय, सरकारी तथा व्यक्तिगत सम्पत्तिमा भएको तोडफोडप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्तो गतिविधि गर्नेलाई खोजी गरि कारबाही गर्न माग गरिएको छ ।
समाजले २०५३ सालमा राष्ट्रिय अखण्डता र जातीय सद्भाव कायम गर्ने मूल उद्देश्यका साथ स्थापना भई निरन्तर सामाजिक, सांस्कृतिक र राष्ट्रिय हितका कार्यक्रम गर्दै आएको जनाएको छ ।
समाजले वर्तमान मन्त्रिपरिषदलाई दीर्घकालीन विकास, पुनर्निर्माण र राष्ट्रिय हितमा समर्पित हुनेगरी कार्य गर्न आग्रह गरेको छ ।
सम्बन्धित









सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया