देशैभरि एलजीको रोडसो

सामाधान संवाददाता, पोखरा
एलजीले नेपाल अधिराज्यभरी रोड सो सुरु गरेको छ । रोडसोमा एलजीका इनोभेटिभ प्रोडक्टहरुको डिस्प्ले साथ साथै डेमो पनि गरिरहेको छ । यस रोडसोको मूल्य आकर्षण वासिङ मेसिन, टिभी र एसी छन् । भक्तपुरदेखि सुरु रोडसो बागलुङ, पोखरा हुँदै महेन्द्रनगरबाट नारायणघाट हुँदै काँकडभिट्टासम्म हुनेछ ।
‘रोडसोको मुख्य उद्देश्य एलजीको वासिङ मेसिनको डेमो हो,’ कम्पनीको विज्ञप्तिमा भनिएको छ, ‘जसमा एलजीको ८ केजीको वासर ड्रायर वासिङ मेसिनबाट डेमो दिइनेछ ।’ एलजीको वासिङ मेसिन नेपाली बजारमा सर्वाधिक बिक्री हुने गरेको कम्पनीको दाबी छ । रोडसोबाट वासिङ मेसिन सञ्चालन तथा यसका फाइदाबारे ग्राहकलाई जानकारी गराउने उद्देश्य छ । एलजीको आधिकारिक विक्रेता चौधरी ग्रुप अन्गर्तत सिजी इम्पेक्स प्रालि हो ।
हामी आउँदै छौ तपाईको सहरमा भन्ने नाराका साथ रोडसो भएको हो । योजनामा आकर्षक छुट तथा खरिदमा उपहारको पनि व्यवस्था गरिएको एलजी इलेक्ट्रोनिक्सका कोअर्डिनेटर भोगेन्द्र चौधरीले जानकारी दिए ।








फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
लजी लन्ड्री लाउन्ज सञ्चालनमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया