कार्की मन्त्रिपरिषदमा ३ मन्त्री टुंगो, सोमबार शपथ

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम मन्त्रिपरिषद्मा तीन जना मन्त्रीको नाम टुंगो लागेको छ। बालुवाटार स्रोतका अनुसार, अर्थ मन्त्रालयमा पूर्व सचिव रामेश्वर खनाल, गृहमन्त्रालयमा वरिष्ठ अधिवक्ता ओमप्रकाश अर्याल र ऊर्जा मन्त्रालयमा नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई जिम्मेवारी दिने तयारी भएको छ।
गृहमन्त्रीको जिम्मेवारी पाउने अर्याललाई कानुन मन्त्रालयको नेतृत्वसमेत दिने निर्णय भएको स्रोतले जानकारी दिएको छ। “यो प्रारम्भिक सूची हो, उहाँहरूले पाउने जिम्मेवारी थपिन पनि सक्छ,” स्रोतले भन्यो, “उहाँहरूको पत्र तयार भइसकेको छ।”
तीनै मन्त्रीको शपथग्रहण सोमबार बिहान हुने बताइएको छ। प्रधानमन्त्री कार्कीले सरकार गठनलाई तीव्रता दिँदै अन्य मन्त्रालयहरूमा समेत छिट्टै मन्त्रीहरू थप्ने तयारी गरिरहेकी छिन्।
कार्की, नेपालको इतिहासकै पहिलो महिला प्रधानमन्त्री,ले पदभार सम्हालेसँगै प्रतिनिधिसभा विघटन गरी आगामी फागुन २१ गते निर्वाचन गर्ने मिति तोकिएको छ। नयाँ मन्त्रीहरूको नियुक्तिसँगै अन्तरिम सरकार पूर्ण सक्रियताका साथ काममा उत्रिने अपेक्षा गरिएको छ।







कर्मचारी सहकारी संस्थामा पदमबहादुर घिमिरे
त्रिवेणी इन्टरनेशनल कलेजको १० औँ वार्षिक साधारण सभा : शिक्षामा शैक्षिक विधि र प्रविधिको प्रयोग आवश्यक
भद्रकाली माविमा कक्षा ११ का विद्यार्थीलाई स्वागत
हिमपातले मुस्ताङका याकचौँरी बेँसीमा सारिए
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया