पोखराको वडा १० सरसफाइ, भोलिबाट सेवा

समाधान संवाददाता २०८२ भदौ ३० गते १७:२३

पोखरा ।
जेन जी आन्दोलनको दोस्रो दिन विध्वंसकारीहरुले आक्रमण गरी तोडफोड र आगजनी गरेको पोखरा महानगरपालिका वडा नम्बर १० को कार्यालय सोमबार सरसफाइ गरिएको छ । जनप्रतिनिधिहरु, दलका कार्यकर्ता र स्थानीय समाजसेवीले आइतबार वडा कार्यालय सफा गरी सेवाका लागि तयार गरेको वडा सदस्र्य पूर्णचन्द्र न्यौपानेले जानकारी दिए ।


उनका अनुसार उच्छृंखलहरुले वडाध्यक्ष राजेश गुरुङको कार्यकक्ष तोडफोडका साथै कुर्ची, टेबुल भाँच्ने र आगो लगाउने काम गरेका थिए । वडाका सामानहरु बाहिर निकालेर जलाएका थिए । आइतबार, जनप्रतिनिधि लगायतले काम लाग्ने सामान जतन गर्नुका साथै, सोमबार कम्प्युटर, नेट र बिजुलीसमेत जडान गरी जनताको सेवाका लागि कार्यालय तयार पारेको न्यौपानले जनाए । ‘मंगलबारबाट हामी सेवा दिन तयार भएका छौं,’ उनले भने ।

Advertisement

तपाईको प्रतिक्रिया