मनाङमा प्रदेश सभाको उपनिर्वाचन यथावत, रुपन्देहीको रद्द

पोखरा । प्रतिनिधि सभा विघटन भए पनि गण्डकी प्रदेशअन्तर्गत मनाङमा तोकिएको उपनिर्वाचन हाललाई कायमै रहेको निर्वाचन आयोगले जनाएको छ ।
प्रतिनिधि सभा विघटनसँग सम्बन्धित निर्णय भए पनि प्रदेश सभाबारे हालसम्म कुनै निर्णय नभएकाले मनाङमा निर्वाचन मिति हेरफेर नभएको आयोगका सचिव महादेव पन्थले जानकारी दिए । उनले विषयमा सरकारले के गर्ने भन्ने स्पष्ट भएपछि मात्र अन्तिम टुंगो लाग्ने बताए । निर्वाचन ऐन, २०७४ अनुसार रिक्त पदमा ६ महिनाभित्र उपनिर्वाचन गर्नुपर्ने प्रावधानअनुसार मनाङमा पनि उपनिर्वाचन गर्ने तयारी भएको हो ।
यस्तै प्रतिनिधि सभा विघटनसँगै रूपन्देही क्षेत्र नम्बर ३ मा तोकिएको उपनिर्वाचन भने रद्द गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको सिफारिसमा प्रतिनिधि सभा विघटन गर्दै आगामी फागुन २१ गते नयाँ निर्वाचन मिति तोकेपछि रूपन्देहीको निर्वाचन प्रक्रियासमेत रद्द भएको हो ।
निर्वाचन आयोगको सोमबार बसेको बैठकबाट रूपन्देही ३ को निर्वाचन रद्द गर्ने निर्णय गरेको आयोगका सहसचिव एवम् प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार अब सम्पूर्ण ध्यान आगामी फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनतर्फ केन्द्रित हुनेछ ।







पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया