चोरीका सामान फिर्ता गर्न गण्डकी प्रदेशसभा सचिवालयको आग्रह

पोखरा । गण्डकी प्रदेशसभा सचिवालयले प्रतिनिधि सभा भवन र सचिवालयमा भएको चोरीका सामान फिर्ता गर्न आग्रह गरेको छ ।
प्रदेशसभा सचिवालयले आईतबार हस्तलिखित सूचना सार्वजनिक गर्दै चोरी भएका सामान फिर्ता गर्न आग्रह गरेको हो । जेनजी आन्दोलनका क्रममा प्रदेशसभा भवनदेखि सचिवालय र पुस्तकालयसम्म ध्वस्त हुँदा सचिवालय बाध्य भएर हातैले पत्र लेखेको हो ।
सचिवालयका अनुसार आन्दोलनकारीले प्रयोगमा आउने सामान्य सामग्रीदेखि लिएर फुलको गमला र फाइलसम्म चोरी गरेका छन् । ती सबै सामान फिर्ता गर्न आग्रह गर्दै सार्वजनिक गरिएको सूचनामा दुईपांग्रे र चारपांग्रे सवारी साधन, कम्प्युटर, ल्यापटप, प्रिन्टर, भिडियो क्यामेरा, क्यामेरा, टेलिभिजन, स्मार्टबोर्ड, कुर्सी, टेबुल, दराज, सोफा लगायतका सामग्री चोरी भएको उल्लेख गरिएको छ ।
उक्त घटनामा गण्डकी प्रदेश सभा सचिवालय, प्रदेशसभा सदस्यको कार्यालय र सचिवालयका कर्मचारी तथा सभामुख, उपसभामुखको नागढुंगास्थित निवासमा चोरी भएको उल्लेख गरिएको छ ।
साथै, चोरी भएका सामग्री फिर्ता नभएमा त्यसले गण्डकी प्रदेशसभाको नियमित कार्यमा असर पुग्ने पत्रमा उल्लेख गरिएको छ ।
जेनजी आन्दोलनका क्रममा गण्डकी प्रदेशका धेरै कार्यालयमा तोडफोड, आगजनी हुनुका साथै बाँकी रहेका सामान पनि चोरी भएको तथ्यांक सार्वजनिक भएको छ ।





मुस्ताङ-डोल्पा सडक १० दिनदेखि अवरुद्ध
लाम्पाटामा पाखो सम्याएर खेलमैदान निर्माण
लमजुङमा जिपको ठक्करबाट बालिकाको मृत्यु
‘गाउँघरको माया’ बोलको लोकगीत सार्वजनिक
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया