बाल दिवसमा चित्रकला प्रतियोगिता

पोखरा ।
६१ औं राष्ट्रिय बाल दिवसको अवसरमा हिमाली स्वतन्त्र बाल क्लबले चित्रकला प्रतियोगिता आयोजना गरेको छ ।
चित्रहरूको मौलिकता, सन्देश, रंगको प्रयोग र कलात्मक प्रस्तुतीकरणलाई आधार मानी कलाको मूल्यांकन गरिएको थियो । प्रतियोगितामा सवजुनियरतर्फ साहिल सारुमगर, प्रिती बुढामगर र दिनेश परियार क्रमशः पहिलो, दोस्रो र तेस्रो भए ।
कार्यक्रममा १ सय ८ बालबालिका सहभागी थिए । प्रतियोगिताको जुनियरतर्फ शिशिर पुन मगर, कौशल पाइजा र राजी धामी पहिलो, दोस्रो र तेस्रो बने । माध्यमिकतर्फ पहिलो सोनिया गुरुङ, दोस्रो सिम्रोन सारुमगर र तेस्रो संगीता तामाङ ठहरिए ।
प्रतियोगितामा सहभागी बालबालिकाले सिर्जनात्मकता प्रदर्शन गर्दै ल्यान्डस्केप (प्राकृतिक दृश्य), सामाजिक सन्देश तथा वातावरणीय संरक्षण जस्ता विषयवस्तुमा चित्र बनाएका थिए । यस्ता प्रतियोगिताले बालबालिकाको कलात्मक क्षमतामात्र नभई उनीहरूमा आत्मविश्वास, अनुशासन र सामाजिक चेतना अभिवृद्धिमा योगदान पु¥याउने आयोजकको अपेक्षा छ ।
क्लबकी अध्यक्ष आशा विकले बालबालिकाको सृजनशीलतालाई अभिव्यक्त गर्ने प्लेटफर्म उपलब्ध गराउन यस्ता गतिविधि निरन्तर गर्नुपर्नेमा जोड दिइन् । उनले कला, साहित्य र खेलकुद जस्ता सहपाठ्यक्रमगत गतिविधि बालबालिकाको समग्र विकासका लागि आवश्यक रहेको धारणा राखिन् ।









कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
जनप्रिय क्याम्पसको गरिमा कायम राख्छुः राजेन्द्र
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया