तोडफोड र आगजनीको निरीक्षण गर्दै मुख्यमन्त्री पाण्डे (तस्बिरहरु…)

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जेनजी आन्दोलनका क्रममा भएका क्षतिको निरीक्षण गरेका छन् ।
आन्दोलनको समयमा कार्यक्रमका लागि दुवई रहेको मुख्यमन्त्री पाण्डेले सोमबार नेपाल फर्किएसँगै मंगलबार आन्दोलनबाट क्षति भएका संरचनाको निरीक्षण गरेका हुन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय निरीक्षणपछि उनी गण्डकी प्रदेश सभा पुगेका थिए ।

प्रदेशसभा पुगेका मुख्यमन्त्री पाण्डे त्यहाँ दृष्य देखेर निकै निराश मुद्रामा देखिन्थे । आन्दोलनकारीले त्यहाँ रहेका भवनसँगै अन्य संरचना, दुईपांग्रे र चारपांग्रे सवारी साधन, कम्प्युटर, ल्यापटक, प्रिन्टर, भिडियो क्यामेरा, क्यामेरा, टेलिभिजन, स्मार्टबोर्ड, कुर्सी, टेबुल, दराज, सोफा लगायतका सामग्री तोडफोड र आगजनी गरेका थिए ।
प्रदेशसभा भवनपछि मुख्यमन्त्री पाण्डेले जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय कास्कीसँगै अन्य सरकारी संरचनाको निरीक्षण गरेका थिए ।
भदौ २४ गते जेनजी आन्दोलनकारीहरुले पोखरामा रहेका अधिकांस सरकारी कार्यालयमा तोडफोड र आगजनी गरेका थिए ।













सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया