युएइमा अलपत्र परेका पाेखराका रानाभाटको उद्धार

समाधान संवाददाता २०८२ असोज १ गते ११:१८

पाेखरा ।

Advertisement

पाँच महिना देखी युनाईटेड अरब इमिरेट्स (यूएई) मा अलपत्र परेका पोखरा महानगरपालिका वडा नंं २६ का अमृत रानाभाट घर फर्केका छन् । उनलाई वडा नंं २६ का अध्यक्ष नरेन्द्र थापाले उद्धार मंगलबार स्वदेश फर्काएका हुन् ।

रानाभाट २ वर्ष अघि एक लाख खर्च गरेर प्याराडाइज नामको म्यानपावरबाट जिप्सन वोर्ड हेल्परको कामका लागि युएई पुगेका थिए । कम्पनीले तोके अनुसारको तलव नदिएपछि उनी अर्काे कम्पनीमा गएका थिए । त्यहाँ पनि भनेजति तलव नपाउने र कहिले पैसा पाउने कहिले नपाउने समस्या परेकाे उनले बताए ।

Advertisement

‘काम नभएपछि पाँच महिनादेखी सडकमै अलपत्र परे । कैयन पटक घर आउन खोज्दा कसैले साथ दिएनन्, घरमा फोन गर्ने पैसा र मोवाईल समेत थिएन, रानाभाटले भने, ‘कति रात भोकभोकै बिताए र गर्मिबाट बच्न दिनभरी सार्वजनिक यातायातमा हिड्थे ।’

रानाभाटको अवस्थाका बारेमा सामाजिक संजाल मार्फत जानकारी पाएपछि युएईको एक कार्यक्रममा गएकाबेला उनकाे थापाले उद्धार गरेकाे थापाले जानकारी दिए । थापाले अमृतलाई रोजगारीको वातावरण सिर्जना गर्न सहयोग गर्ने समेत प्रतिवद्धता जनाए ।

Advertisement

तपाईको प्रतिक्रिया