जेन जी आन्दाेलन– राष्ट्रिय वाणिज्य बैंकबाट ३८ कराेड लुटियाे: गभर्नर पौडेल

पाेखरा ।
राष्ट्रिय वाणिज्य बैंकबाट ५ करोड नगद र १८ किलो सुन लुटपाट भएको खुलासा भएको छ । जेन जी आन्दोलनकाक्रममा बैंकको नयाँ बानेश्वर शाखाबाट नगद र सुन लुटपाट भएको हो । संसद भवनभित्र रहेको राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखाबाट ३७ देखि ३८ करोड बराबरको नगद र सुन लुटिएको नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले खुलासा गरेका हुन् । गभर्नर पौडेलले एक पडकास्टमा बोल्दै करोडौँको नगद र सुन चोरी भएको जानकारी दिएका हुन् ।
उक्त पडकास्टमा बोल्दै गभर्नर पौडेलले भनेका छन्, ‘एक ठाउँमा सिरियस लुटपाट भएको छ । संसद् भवनमा रहेको राष्ट्रिय वाणिज्य बैंकबाट ५ करोड नगद र १८ किलो सुन लुटिएको छ ।’
जेनजी प्रदर्शनका क्रममा राष्ट्रिय वाणिज्य बैंकको शाखाबाट करिब ३८ करोड रुपैयाँ हाराहारीमा लुटपाट भएको उनले जानकारी दिएका छन् । यसबारे बैंकको सिसिटिभी हेरेर अनुसन्धान भइरहेको समेत गभर्नर पौडेलले जानकारी दिएका छन् ।
आन्दोलनकाक्रममा पेमेन्ट सिस्टमहरू कायम रहोस् भन्ने राष्ट्र बैंकको ध्यान रहेको समेत उनले बताएका छन् । त्यसबेला पेमेन्ट सिस्टमहरू बचाई राख्नका लागि समग्र बैंकिङ क्षेत्र तैनाथ रहेको समेत गभर्नर पौडेलले जानकारी दिएका छन् ।
आन्दोलनकाक्रममा ६८ वटा बैंकहरुको शाखा कार्यालयहरूमा आक्रमण भएका थिए । ६९ वटा एटिएममा केही असर परेको छ । त्यसबाहेक बैंकिङ प्रणालीका सिस्टमहरू सबै ठिक रहेको गभर्नर पौडेलको भनाई छ ।









चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत
माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
पोखरा सडक महोत्सवको सांगीतिक उत्सव : लेकाली र देउराली पनि गुञ्जिने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया