रिडर्स कर्नरमा रिडर्स अपरच्युनिटी मेला सुरु, ५० प्रतिशतसम्म छुट

पोखरा ।
पोखरामा रिडर्स अपरच्युनिटी मेला सुरु भएको छ । हिमालय रिडर्स कर्नर पोखराले दशैँको छेको पारेर पठन संस्कृतिमा रूचि राख्ने पाठकलाई ध्यान दिँदै बुधबारदेखि मेला सुरु गरेको हो । विगतको वर्ष जसरी नै यो वर्ष पनि पुस्तकमा दशैँ विशेष छुट राखिएको सञ्चालक विजय भण्डारीले बताए ।
मेलामा १ हजार ९ सय ९९ सम्मको किताब खरिदमा १० प्रतिशत, २ हजार देखि ३ हजार ४ सय ९९ सम्मको खरिदमा १५ प्रतिशत, ३ हजार ५ सय देखि ४ हजार ९ सय ९९ रुपैयाँ सम्मको खरिदमा २० प्रतिशत छुट पाइनेछ । यसका अलावा केही पुस्तकमा ५० प्रतिशतसम्म छुटको व्यवस्था रहेको सञ्चालक भण्डारीले बताए । ‘रिडर्स अपरच्युनिटी मेला’ नामले नै पाठकले ‘अपरच्युनिटी’ पाउने बेला हो भन्दै यसको फाइदा लिन उनले आग्रह गरे ।
पछिल्लो समय मानिसहरूमा पठनसंस्कृति पुनः जागृत हुँदै आएको र कथामा भन्दा गैरआख्यान सम्बन्धी किताबप्रति पाठकहरूको आकर्षण देखिने गरेको सञ्चालक भण्डारीले बताए । उमेर समुहमा हेर्दा ३० वर्षमुनिका युवाहरूमा भने पुस्तकप्रति आकर्षण कम देखिएको उनले बताए । पठनसंस्कृतिलाई दिगो बनाउन जेनजीको रुपमा परिचित नयाँ पुस्तालाई आकर्षित गर्नुपर्ने भण्डारीले बताए ।
दशैँ तिहारको समयमा मानिसहरु फुर्सदिलो हुने भएकाले पनि पाठकको समयलाई मध्यनजर गरेर विशेष छुटसहित मेला आयोजना गरिएको जनाईएको छ । आजदेखि सुरु भएको मेला असोज १३ गते फूलपाती सम्म सञ्चालन हुनेछ ।







रत्नशोभा मावि व्यवस्थापन समितिमा तिमिल्सिना
‘जारी २’ र ‘मन बिनाको धन’ प्रदर्शनमा
बालबालिकालाई भिटामिन ‘ए’ आज पनि खुवाइँदै
कोरला भन्सारबाट ३ अर्ब बढी राजस्व संकलन
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया