पोखरा इभेन्ट सेन्टरले भन्योः मनोबलमा आघात पुग्यो, कानुनी कारबाहीको माग

पोखरा ।
जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भदौ २४ गते दिउँसो करिब साढे १ बजे पोखरा इभेन्ट सेन्टरमा भएको आगजनी, तोडफोड र लुटपाटका घटनाप्रति सञ्चालक समूहले गम्भीर ध्यानाकर्षण जनाएको छ । प्रेस विज्ञप्तिमार्फत इभेन्ट सेन्टरले करोडौं रुपैयाँ बराबरको भौतिक र आर्थिक क्षति पु¥याएको भन्दै उनीहरूले ‘यो केबल भौतिक सम्पत्ति नभई पोखराको साझा सम्पदा’ भएको बताएका छन् ।
सञ्चालकहरुले राजनीतिक व्यक्तिगत स्वार्थप्रेरित आपराधिक गिरोहको घुसपैठका कारण इभेन्ट सेन्टर ध्वस्त भएको उल्लेख गरेका छन् । ‘हामीमध्य धेरै साथीहरू विदेशिने प्रवृत्तिबीच स्वदेशमै केही गर्नुपर्छ भन्ने साहसका साथ करोडौं कर्जा लिई लगानी गरेका थियौं । तर पछिल्ला घटनाक्रमले नेपालमै बसेर केही गर्न खोज्नु गल्ती भयो कि भन्ने सोच्न बाध्य बनाएको छ, प्रेस विज्ञप्तिमा भनिएको छ ।
घटनामा संलग्न समूहलाई वास्तविक जेन–जी आन्दोलनकारी नभई ‘आर्थिक, राजनीतिक र व्यक्तिगत स्वार्थका लागि सक्रिय आपराधिक गिरोह’ भएको ठहर गर्दै सञ्चालकहरूले निष्पक्ष छानबिन गरी कानुनअनुसार कारबाही गर्न माग गरेका छ ।
आधुनिक संरचनासहित निर्माण भएको पोखरा इभेन्ट सेन्टरमा दुई हजार क्षमताको एउटै हल, पाँच हजारसम्मलाई सेवा दिन सक्ने क्षमता, आठ वटा बहुउद्देश्यीय हल, स्थायी ३५ जनालाई रोजगारी र सयौंलाई आंशिक रोजगारी दिने पूर्वाधार भएको बताएका छन् । उनीहरूका अनुसार यो संरचनाले पर्यटन प्रवद्र्धन, रोजगारी सिर्जना, प्रवासी नेपालीको लगानी आकर्षण, अन्तर्राष्ट्रिय सम्मेलन र सांस्कृतिक कार्यक्रममा योगदान गर्दै आएको थियो ।
‘पोखरा इभेन्ट सेन्टरमा भौतिक क्षति पु¥याइएको छ, हाम्रो सपना र उत्साहमा होइन । हाम्रो सम्पत्ति जलेपनि आँट र साहस जलेको छैन । यो केवल केही लगानीकर्ताको सम्पत्ति मात्र होइन, पोखरालीको पनि साझा संरचना थियो,’ विज्ञप्तिमा भनिएको छ ।







पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया