जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा डायलासिस क्षमता विस्तार

दमौली ।
तनहुँको शुक्लागण्डकी नगरपालिका ५ बेलचौतारा स्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा डायलासिस क्षमतामा विस्तार गरिएको छ । जिपी कोइराला लायन्स हेमोडायलासिस युनिटमा हाल साप्ताहिक १५ जनालाई सेवा दिइएकामा बुधबारदेखि ३० जनालाई डायलासिस दिन थालिएको छ ।
मिर्गौला पीडितको माग बमोजिम डायलासिस क्षमताको विस्तार गरिएको केन्द्रका बोर्ड सदस्य त्रिलोचन लम्सालले जानकारी दिए । उपचार केन्द्रमा ७ वटा उपकरण जडान गरिएको छ । डायलासिस उपकरण लायन्स क्लब अफ नेपालले अनुदानमा उपलब्ध गराएको हो । शुक्लागण्डकीमा क्रियाशिल लायन्स क्लबहरूको प्रयासमा यहाँ डायलासिस केन्द्र सञ्चालनमा आएको हो ।
डायलासिस केन्द्रमार्फत शुक्लागण्डकी आसपासका मिर्गौलापीडित लाभान्वित भइरहेको केन्द्रका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले जानकारी दिए । यसअघि यहाँ डायलासिस सेवा नहुँदा यहाँका बिरामीले दमौली अस्पताल वा अन्यत्रै गएर डायलासिस गराउनुपर्ने बाध्यता थियो ।
दक्षिण एसियाकै उत्कृष्ट श्वासप्रश्वास उपचार केन्द्रको रुपमा स्थापना गर्न सरकारले पूर्वप्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालाको नाममा राष्ट्रियस्तरको श्वासप्रश्वास उपचार केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो । सोहीअनुसार शुक्लागण्डकी नगरपालिकाको बेलचौतारामा ७ सय ४० रोपनी जग्गा उपचार केन्द्रको नाममा प्रदान भइसकेको छ ।
अस्पतालमा तनहँुको शुक्लागण्डकी नगरपालिका, भीमाद नगरपालिका, म्याग्दे गाउँपालिका, रिसिङ गाउँपालिकासहित स्याङ्जा, पाल्पा र नवलपरासी जिल्लाका केही गाउँपालिकाका जनता पनि सेवा लिन आउँछन् ।








४ महिनामा करिब ७ खर्ब रेमिट्यान्स भित्रियो
डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो
मिस तामाङ पोखरा सुरु, तामाङ समुदायका १२ युवती सहभागी
भान्साको मिक्सरबाट सुरु भएको ‘मामुछोरी’ को लोभलाग्दो उद्यम यात्रा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया