ली–बर्डको ३१ औं साधारण सभा, नीतिगत पैरवीमा जोड

पोखरा ।
जैविक विविधता अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (ली–बर्ड) को ३१ औं वार्षिक साधारण सभा शनिबार पोखरामा भएको छ । सभामा संस्थापक सदस्य, साधारण सदस्य, कार्यकारीणी बोर्ड तथा कार्यसमितिका प्रतिनिधिहरूको सहभागिता थियो ।
सभामा कार्यकारी निर्देशक भरत भण्डारीले संस्थाको अवस्थाबारे जानकारी दिँदै हालको चुनौतीप्रति जोड दिए । उनले भने, ‘गैर सरकारी क्षेत्रले अहिले आन्तरिक तथा बाह्य दुवै कामका क्रममा धेरै चुनौती भोगिरहेको छ । यस अवस्थामा नीतिगत पैरवी अपरिहार्य छ, जसका लागि गैरसरकारी संस्था महासंघको भूमिका अत्यावश्यक छ ।’
सोही अवसरमा सामाजिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरिएको थियो । सामाजिक लेखा परिक्षक प्रसिद्ध नेउपानेले सिन्धुली, सिन्धुपाल्चोक र कास्कीमा सञ्चालन भएका कार्यक्रममा गरिएको फिल्ड अन्तर्क्रियाको आधारमा तयार पारिएको प्रतिवेदन प्रस्तुत गरे । सामाजिक लेखा परीक्षणमा उठेका जिज्ञासाहरूको जवाफ अध्यक्ष श्रेष्ठ र कार्यकारी निर्देशक भण्डारीले दिए ।
सभामा कोषाध्यक्ष रामकली खड्काले पेश गरेको आव २०८१/८२ को लेखा परीक्षण प्रतिवेदन र सचिव बेनीबहादुर बस्नेतले पेस गरेको वार्षिक प्रगति तथा आगामी कार्ययोजना अनुमोदन गरेको छ ।
अध्यक्ष श्रेष्ठले संस्थागत कोष विस्तारका लागि भुवन रत्न स्थापितको स्मृतिमा स्थापना गरिएको कृषि जैविक विविधता कोष र स्थानीय अन्वेषण कोषबारे सदस्यहरूलाई जानकारी दिए । उनले थपे, ‘बदलिँदो परिस्थितिमा ली–बर्ड केवल परम्परागत दातृ निकायमा निर्भर हुने अवस्थामा छैन । अब संस्थाको पहिचानसँग सम्बन्धित सहभागितामूलक अनुसन्धान कार्यक्रम अगाडि बढाउँदै नयाँ तरिकाले कोष जुटाउनुपर्ने आवश्यकता छ । यसका लागि सम्पूर्ण सदस्यको साथ र सहयोग अनिवार्य छ ।’
कार्यक्रमको अध्यक्षता कार्यकारीणी बोर्डका अध्यक्ष प्राडा प्रतापकुमार श्रेष्ठले गरे । कोषाध्यक्ष रामकली खड्काले स्वागत गरिन् भने सभामा यस वर्ष सदस्यता प्राप्त गरेका नयाँ सदस्यहरूको परिचय समेत गराइएको थियो ।
कार्यक्रमको सञ्चालन सचिव बस्नेतले गरे । अन्त्यमा अध्यक्ष श्रेष्ठले सहभागी सदस्य, कर्मचारी, साझेदार संस्था र दातृ निकायलाई धन्यवाद दिँदै सभा समापन गरे ।








मिस तामाङ पोखरा सुरु, तामाङ समुदायका १२ युवती सहभागी
भान्साको मिक्सरबाट सुरु भएको ‘मामुछोरी’ को लोभलाग्दो उद्यम यात्रा
विद्या भट्टराईको घोषणा : महाधिवेशनमा उम्मेदवारी दिन्न, सांसद पनि लड्दिन
गण्डकी विश्वविद्यालयको ‘विद्यार्थी कल्याण तथा सामाजिक मामिला’ संयोजकमा लामा नियुक्त
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया