मार्ग दर्शन कृषि सहकारी संस्थाको १०औं वार्षिक साधारणसभा सम्पन्न

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर २६ कालिका चोकमा रहेको मार्ग दर्शन कृषि सहकारी संस्था लिमिटेडको १० औं वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष दिपकराज बास्तोलाले सहकारीलाई समाजको ऐना भन्दै यसले समुदायमा जीविकोपार्जनमा महत्वपूर्ण योगदान पु¥याएको बताए । उनले सहकारीमा आवद्ध व्यक्तिहरूले इमानदारीपूर्वक भूमिका निर्वाह नगर्दा विकृति देखापर्ने भएकाले सबै सचेत रहनुपर्नेमा जोड दिए ।
सहकारीका अध्यक्ष बालकृष्ण त्रिपाठीको अध्यक्षतामा सम्पन्न सभामा लेखनाथ उद्योग वाणिज्य संघकी अध्यक्ष जानुका पराजुली अधिकारी, शक्ति महिला बचत तथा ऋण सहकारीकी अध्यक्ष मिना श्रेष्ठ, सिलिंगे कृषि उत्पादक सहकारीका अध्यक्ष ठाकुरप्रसाद रानाभाट, जनप्रिय सहकारी संस्थाका अध्यक्ष रवीन्द्र मोहन अधिकारी, जल्धारे बचत तथा ऋण सहकारीका अध्यक्ष विष्णु प्रसाद बराल, सल्लाहकार नारायण बन्जगाईंलगायतले सहकारीको प्रगति र चुनौतीबारे आफ्ना धारणा राखेका थिए ।
कार्यक्रममा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरू आशिष तिमिल्सिना, रियाज बजगाईं, अनुप अधिकारी र मनिषु तिवारीलाई सम्मान गरिएको थियो । त्यस्तै, उत्कृष्ट बचतकर्ता तर्फ ऋखुमाया कुँइकेल, महेश गौतम र कमलादेवी सुवेदीलाई सम्मान गरियो भने उत्कृष्ट कर्मचारीको रूपमा रिता सुवेदीलाई सम्मान गरिएको थियो ।
वार्षिक प्रतिवेदनमार्फत गत आर्थिक वर्षको प्रगति, आगामी वर्षका योजना र सदस्यहरूको सक्रिय सहभागितामा आधारित सहकारीको सफलताबारे जानकारी प्रस्तुत गरिएको थियो । हाल सहकारीमा ३८८ जना शेयर सदस्य रहेका छन् । कार्यक्रममा सहकारीका उपाध्यक्ष हरीकृष्ण वडगाईंले स्वागत मन्तव्य राखेका थिए भने सचिव विश्वज्योति सुवेदीले सञ्चालन गरेका थिए ।







पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया