क्षेत्री समाज नेपालको शुभकामना आदानप्रदान कार्यक्रम

समाधान संवाददाता २०८२ असोज ६ गते १७:०७

पोखरा ।

क्षेत्री समाज कास्कीको दसैंको अवसरमा सोमबार शुभकामना आदानप्रदान कार्यक्रम भएको छ । समाजका अध्यक्ष दिलबहादुर अधिकारीको समापतित्वमा कार्यक्रम भएको हो ।


कार्यक्रममा केन्द्रिय अध्यक्ष रिबबहादुर थापा, महासचिव कृष्णबहादुर थापा, क्षेत्री समाज गण्डकीका वरिष्ठ उपाध्यक्ष लक्ष्मी अधिकारी, नगर समिति अध्यक्ष कृष्णबहादुर थापा, जिल्ला समिति उपाध्यक्ष अर्चना बस्नेत लगायले शुभकामना मन्तव्य राखेका थिए ।

Advertisement

स्वागत मन्तव्य जिल्ला समितिका उपाध्यक्ष दानबहादुर बस्नेतले राखेका थिए भने कार्यक्रम संञ्चालन सचिव भरत थापाले गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया