बालगृहपछिको जीवन सहज बनाउन माग

पोखरा ।
बालगृहबाट १८ वर्षको उमेरपछि बाहिरिने युवाहरूले समाजमा पुनस्र्थापनाका लागि विभिन्न चुनौतीहरूको सामना गर्नुपरेको दाबी गर्दै सरोकारवाला निकायहरूको ध्यानाकर्षण गराएका छन् । उनीहरूले आफ्नो शिक्षा, रोजगारी, आवास र सामाजिक घुलमिलमा आइपर्ने कठिनाइहरूलाई सम्बोधन गर्न माग गरेका छन् ।
वैकल्पिक सेवा सामुदायिक संस्था (विकल्प) नेपालले आयोजना गरेको पारिवारिक सम्बन्ध टुटेका बालबालिकाको हेरचाहको तरिकामा परिवर्तन कार्यक्रमको समीक्षासहित युवाको आवाज प्रस्तुत कार्यक्रममा विकल्प युवा समूहका सहजकर्ता असीम गुरुङले बालगृहबाट सेवा लिएर बाहिरिएपछि पढाई, रोजगारी र बसाईको चुनौति भोग्नु परेको अनुभव सुनाए ।
बाहिरी समाजसँग घुलमिल हुन कठिनाई भएको उल्लेख गर्दै उनले घर परिवार र अभिभावक नहँुदा खल्लो महसुस हुने सुनाए ।
कार्यक्रममा विकल्प युवा समूहका सहजकर्ता असीम गुरुङले बालगृहबाट बाहिरिएपछि पढाइ, रोजगारी र बसाइको समस्या भोग्नुपरेको अनुभव सुनाए । उनले बाहिरी समाजसँग घुलमिल हुन कठिनाइ हुने र घरपरिवार तथा अभिभावक नहुँदा भावनात्मक शून्यता महसुस हुने बताए ।
विकल्प युवा समूह गरेको अपिलमा अलिपमा बालगृहबाट बाहिरिएका युवाको जन्मदर्ता, नागरिकता, राष्ट्रिय परिचयपत्र जस्ता नागरिक पहिचानका पत्र प्राप्त गर्न सहयोग गर्न माग गरिएको छ । ‘बालगृहमा रहँदा खानापिना, आवास र शिक्षाको राम्रो अवसर प्राप्त हुन्छ । तर आपसी स्वस्थ सम्बन्ध, सुरक्षित आधार भावनात्मक र न्यानो पारिवारिक मार्ग दर्शन विकास गर्ने अवसर गुम्दो रहेछ, ’अपिलमा भनिएको छ, ‘आफ्नो परिवार, समृुदाय र परिवेशको संस्कृति मानवीय संस्कार र प्राकृतिक परिवेशसँगसँगै हुर्कन पाइने रहेनछ ।’
विकल्प सुवा समूहका सदस्य शिव शाहीले बाहिरी अवस्थामा आफूमाथि कुनै दुव्र्यवहार भए पनि सहने बाहेकको अरु विकल्प नभएको दाबी गरे । दुव्र्यवहार र हिंसाको मनोवृत्तिमा हुर्किएका युवाले बालगृहबाट बाहिर आँउदा समुदायसँगको घुलमिल हुन कठिनाइ भएको जानकारी दिदै उनले त्यस्ता युवाको दैनिकी, खानपिन बसाई, सामग्री खरिद यातायात खर्चको व्यवस्था गर्ने सीप नभएको दुखेसो पोखे ।
बालगृहबाट निस्कदा कतिपयसँग कुनै पनि व्यवहारिक वा प्राविधिक सीप नभएकोले रोजगारी प्राप्ति असम्भव जस्तै भएको जानकारी दिदै उनले बालगृहको सेवा लिएर बाहिरिएका युवाको हकहित र कल्याणको लागि तत्कालीन र दीर्घकालीन रुपमा सहयोग गर्न स्थानीय तह, राष्ट्रिय युवा परिषद्, राष्ट्रिय बाल अधिकार परिषद् समक्ष माग गरेका छन् ।
समूही अर्की सदस्य सुवर्ण पुनले एसओएस बालग्रामबाट बाहिरिएपछि परिवारको सहयोग र सम्पर्क नहुँदा कठिनाइ भोगेको अनुभव सुनाइन् । विकल्प नेपालका अध्यक्ष अच्यूत पौडेलले संयुक्त राष्ट्र संघले २०१९ मा पारित संकल्प प्रस्ताव अनुसार बालबालिका र युवाको परिवार विच्छेद रोक्न राज्य पक्षलाई अनुरोध गरेको जानकारी दिए ।
कार्यक्रममा पोखरा महानगरपालिका सामाजिक महाशाखाकी निर्देशक निर्मला शर्माले नीतिगत रूपमा बालगृह घटाउँदै जाने व्यवस्था भएको र बालबालिकालाई सानैदेखि समाजीकरणको पाटो सिकाउनुपर्नेमा जोड दिइन् । राष्ट्रिय बाल अधिकार परिषद् प्रदेश समन्वय अधिकृत बद्रीप्रसाद वाग्लेले १८ वर्षपछि पुनस्र्थापना गर्ने कार्ययोजनाबिना कुनै पनि बालगृहमा बालबालिका राख्न नपाउने उल्लेख गरे ।
कार्यक्रममा गैसस महासंघ नेपाल गण्डकीका अध्यक्ष पदमराज पहारी, पोखरा महानगरपालिका नगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष न्यौपाने, बालगृह सञ्चालक कास्कीका उपाध्यक्ष प्रदीपभक्त आचार्य, विकल्प नेपालका उपाध्यक्ष डा. प्रविण त्रिपाठी, विकल्प युवा समूहका सदस्यहरू एलिसा पौडेल र सपना दर्जीले पनि आफ्ना भनाइ राखेका थिए ।
राष्ट्रिय बाल अधिकार परिषद्को प्रतिवेदन २०८१ अनुसार, देशभरका ३९६ बालगृहमा १० हजार ९८२ आश्रित बालबालिका छन् । गण्डकी प्रदेशमा मात्र ९१२ बालबालिका बालगृहमा बस्छन् । बालगृहमा बसेर १८ वर्ष पुगेपछि बाहिरिने युवाका लागि पुनस्र्थापनाको समस्या अझै पनि जटिल बनेको छ ।









‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया