उपकार सहकारीको १८औं साधारणसभा

पोखरा ।
पोखरा महानगरपालिका–६ नारेश्वरस्थित उपकार बचत तथा ऋण सहकारीको १८औं साधारणसभा शनिबार भएको छ। कार्यक्रम सहकारीका अध्यक्ष सूर्यनाथ पहारीको अध्यक्षतामा भएको हो।
वडा सदस्य एवम् सहकारीकी शेयर सदस्य पवित्रा थापाले कार्यक्रमको उद्घाटन गरेकी थिइन्। कार्यक्रममा सहकारीका कार्य समिति सदस्य भगिरथी थापा क्षेत्रीले सहकारीका सात सिद्धान्त वाचन गरे भने सचिव कृष्णकुमारी घिमीरे पौडेलले कार्यक्रम सञ्चालन गरे। उपाध्यक्ष सुन्दर राज पहारीले स्वागत मन्तव्य दिएपछि शेयर सदस्यको तर्फबाट तुलसी दाहालले आफ्नो धारणा राखेका थिए।
कोषाध्यक्ष बैकुण्ठ ढुंगानाले सहकारीमा जम्मा निक्षेप २९ करोड ६८ लाख रुपैयाँ रहेको जानकारी दिए । कर्जा २१ करोड ६० लाख रुपैयाँ र शेयर पूँजी ७ करोड ८१ लाख रुपैयाँ पुगेको बताए।
कार्यक्रममा असल कारोबार गर्ने शेयर सदस्य रामकुमार श्रेष्ठ र निरमाया श्रेष्ठ, मुद्दती बचततर्फ नारायणी पहारी तथा बाल बचततर्फ गौरव पहारीलाई सम्मान गरिएको थियाे ।
पवित्रा थापाले सहकारीलाई अझ सबल बनाउन सम्पूर्ण कारोबार इमानदारीपूर्वक सहकारीमै गर्न शेयर सदस्यलाई आग्रह गरिन्। कार्यक्रममा आगामी बडादशैं, तिहार र छठ पर्वका शुभकामना आदानप्रदान गर्दै अध्यक्ष सूर्यनाथ पहारीले सभाको समापन गरेका थिए।








६० सहसचिवको सरुवा, गण्डकीमा ५ सचिव आउँदा २ जना बाहिरिए
सरकारको १०० दिन : फजुल खर्च र सुशासनमा निर्मम, चुनाव गराउन प्रतिबद्ध
चुनाव आउन ७५ दिन बाँकी : देशभर १० हजार ९६७ मतदान स्थल कायम, १६८ थपिए
पुसमा विवाहको झल्को : लेखनाथ महोत्सवमा यसरी गुञ्जियो रत्यौली
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया