सराङकोट बहुउद्देश्यीय सहकारीमा शिव बानियाँ

पोखरा । सराङकोट बहुउद्देश्यीय सहकारी संस्थाको १९ औं वार्षिक साधारण सभा एवं सातौं अधिवेशनले शिवबहादुर बानियाँको अध्यक्षतामा निर्विरोध कार्यसमिति चयन गरेको छ ।
उपाध्यक्षमा राममणि पौडेल, सचिव जयराम पौडेल र कोषाध्यक्षमा शिवबहादुर थापा छन् ।
सञ्चालक समिति सदस्यमा छविलाल तिमिल्सिना, आरती श्रेष्ठ, रीता क्षेत्री, ध्रुवकुमार सुञ्चौरी र पुष्पा महर्जन छन् । लेखा समिति संयोजकमा कुलप्रसाद सुवेदी, सदस्यमा मायाकुमारी शर्मा र तारादेवी थापा छन् ।
सभामा संस्थाका ज्येष्ठ सदस्य अधिवक्ता डा कृष्णगोपाल पराजुलीले सहकारी संस्थामा सदस्यको सहभागिता महत्वपूर्ण रहने बताए । संस्थाका अध्यक्ष कृष्णबहादुर थापाले संस्थामा ६ सय ३९ सेयर सदस्यमार्फत् यो वर्ष १ अर्ब ८९ करोडको बचत संकलन गरी बचत फिर्ता १ अर्ब ७८ करोड, लगानी ४६ करोड सहित ५६ करोड २४ लाख रहेको जनाए ।
कार्यक्रममा सेयर सदस्य अधिवक्ता गोविन्द पौडेल, सेयर सदस्यमध्ये बचत, कारोबार, नियमित कर्जा, प्रोत्साहनसहित संस्थामा उत्कृष्ट कर्मचारी सम्मान पवन श्रेष्ठ, सदस्यमध्ये ज्येष्ठ सदस्य सनकमान बाटाजु र सेयर सदस्यका छोराछोरीलाई शैक्षिक सम्मान गरिएको थियो ।
कार्यक्रममा पूर्व अध्यक्ष प्रेमबहादुर जिसी, सुशीलराज पराजुली सल्लाहकार सोभियतबहादुर अधिकारी, कमलनयन गौतम, डा ईन्द्रमान महर्जन, ईन्द्रकमल मानन्धर, निर्वाचन समिति संयोजक चिन्तामणि बास्तोला, सदस्य गणेशबहादुर अधिकारी, सञ्चालक सदस्य विकल पौडेल, तारादेवी थापा लगायतले बोलेका थिए ।
संस्थाका अध्यक्ष कृष्णबहादुर थापाको सभापतित्वमा भएको कार्यक्रमा उपाध्यक्ष वसन्तबहादुर बानियाँ, सचिव कुलप्रसाद सुवेदी, कोषाध्यक्ष राममणि पौडेल, लेखा संयोजक शिवबहादुर बानियाँ र व्यवस्थापक सुरेन्द्र थापाका प्रतिवेदन छलफलसहित पारित भएका छन् ।







पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया