सराङकोट बहुउद्देश्यीय सहकारीको अध्यक्षमा बानियाँ

समाधान संवाददाता २०८२ असोज ८ गते ११:०८

पाेखरा ।

सराङकोट बहुउद्देश्यीय सहकारीको १९ औ वार्षिक साधारण सभा एवं सातौं अधिवेशनले शिवबहादुर बानियाँको अध्यक्षतामा निर्विरोध कार्य समिती चयन गरेको छ ।

समितीको उपाध्यक्षमा रामणी पौडेल, सचिव जयराम पौडेल, कोषाध्यक्ष शिवबहादुर थापा, सञ्चालक सदस्यमा छविलाल तिमिल्सिना, आरती श्रेष्ट, रिता क्षेत्री, ध्रुव कुमार सुञ्चौरी, पुष्पा महर्जन छन् ।

Advertisement


लेखा समिती संयोजकमा कुल प्रसाद सुवेदी, सदस्यमा मायाकुमारी शर्मा र तारादेवी थापा छन् । संस्थाका जेष्ठ सदस्य अधिवक्ता डा कृष्ण गोपाल पराजुलीले सहकारी संस्थामा सदस्यहरुको सहभागीता महत्वपूर्ण रहने बताए ।


संस्थाका अध्यक्ष कृष्णबहादुर थापाले संस्थामा ६३९ शेयर सदस्यहरु मर्फत यो वर्ष १ अर्व ८९ करोडको बचत संकलन गरी बचत फिर्ता १ अर्व ७८ करोड , लगानी ४६ करोड सहित ५६ करोड २४ लाखको वासलात रहेको बताए।

Advertisement


कार्यक्रममा शेयर सदस्य अधिवक्ता गोविन्द पौडेल , शेयर सदस्यहरु मध्ये बचत , कारोबार , नियमित कर्जा, प्रोत्साहन सहित संस्थामा उत्कृष्ट कर्मचारी सम्मान पवन श्रेष्ट , सदस्य मध्ये जेष्ठ सदस्य सनकमान बाटाजु र शेयर सदस्यका छोराछोरीलाई शैक्षिक सम्मान गरीएको थियो ।


कार्यक्रममा पूर्व अध्यक्ष प्रेमबहादुर जिसी, सुशिलराज पराजुली सल्लाहकार सोभियत बहादुर अधिकारी, कमलनयन गौतम, डा इन्द्रमान महर्जन, इन्द्रकमल मानन्धर, निर्वाचन समिती संयोजक चिन्तामणी बास्तोला, सदस्य गणेश बहादुर अधिकारी, सञ्चालक सदस्य विकल पौडेल र तारादेवी थापा लगायतले सहकारीलाई दिगो रुपमा परिणाम दिन सक्ने गरी योजना बनाउनुपर्ने बताए ।


कार्यक्रममा संस्थाका उपाध्यक्ष बसन्तबहादुर बानियाँ, सचिव कुलप्रसाद सुवेदी, कोषाध्यक्ष राममणी पौडेल, लेखा संयोजक शिवबहादुर बानियाँ, व्यवस्थापक सुरेन्द्र थापाबाट राखिएको प्रतिवेदन, रणनितिक योजना, प्रस्तावित कार्यक्रमलाई पारित गरिएको छ ।


२०६३ मा सामुदायिक सहभागिता सहित रेडियो सराङकोटको सञ्चालन गर्ने गरी शुरुवात गरीएको संस्थाले स्थापना देखी रेडियो सराङकोटको प्रशारण, सामाजिक रचनात्मक कृयाकलापहरु, रक्तदान शैक्षिक सहयोग कार्यक्रम गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया