तीन विभाग पुरानै मातहतमा, भूमि समस्या समाधान आयोग खारेज गर्ने तयारी

काठमाडौँ । सरकारले खर्च कटौती, अनावश्यक संरचना खारेज र कार्यसम्पादन प्रभावकारिता बढाउने उद्देश्यसहित तीन महत्वपूर्ण विभागलाई पुनः पुरानै मातहतमा फर्काउने निर्णय गरेको छ।
यसअनुसार गृह मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा लगिएको राष्ट्रिय अनुसन्धान विभागलाई सुरक्षा संवेदनशीलता, विगतको अभ्यास र निकायबीचको समन्वय सहज बनाउन भन्दै पुनः गृह मन्त्रालयकै मातहत राखिएको छ।
त्यस्तै, अर्थ मन्त्रालयको मातहतबाट निकालेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ल्याइएका राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पनि पुनः अर्थ मन्त्रालयकै मातहत ल्याइने तयारी भएको छ। सरकारका अनुसार अन्तर्राष्ट्रिय अभ्यासअनुसार यी निकाय एउटै छातामुनि आए मुलुकलाई ग्रे लिस्टबाट बाहिर निकाल्न सहयोग पुग्ने र राजस्व चुहावट नियन्त्रणमा प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ।
यसैबीच, सङ्घ, प्रदेश र स्थानीय तहमा दोहोरोपन हुने संरचना हटाउने नीतिअन्तर्गत सरकारले भूमि समस्या समाधान आयोगलाई खारेज गर्ने तयारी गरेको छ। साथै, कन्ट्र्याक्टिङ आउट र आउट सोर्सिङका आधारमा स्थायी संरचना सिर्जना नगर्ने, अस्थायी प्रोजेक्टलाई स्थायी दरबन्दीमा रूपान्तरण नगर्ने र स्वीकृत दरबन्दी बाहेक अस्थायी वा करारमा कर्मचारी नियुक्ति रोक्ने व्यवस्था समेत गरिएको छ।
सरकारले यस व्यवस्थाले खर्च कटौती, ढुकुटीमा अनावश्यक भार कम गर्ने र कर्मचारीतन्त्रलाई चुस्त–दुरुस्त बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरेको छ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया