नौलो घुम्तीको साधारण सभा

पोखरा । नौलो घुम्ती नेपाल २४ औं वार्षिक साधारण सभा बुधबार भएको छ । साधारणसभासँगै संस्थाको सामाजिक परीक्षण समेत गरिएको छ । सभाले महासचिव कमलप्रसाद अर्यालले पेश गरेको प्रगति प्रतिवेदन २०८१/०८२ र कोषाध्यक्ष कमला रिमालले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनलाई सुधार सहित पारित गरेको छ ।
नौलो घुम्ती नेपालका अध्यक्ष सुरेन्द्र थापामगरले संस्थाले सञ्चालन गरेको लागु औषध परामर्श, उपचार तथा पुनस्र्थापना केन्द्रबाट गत वर्षसम्म २ हजार ९ सय १४ पुरुष र ७ सय ८९ महिला गरी ३ हजार ७ सय १२ जनाले आवासीय सेवा लिएको जानकारी दिए । उनले यो आर्थिक वर्षमा १सय ३६ पुरुष र ७३ महिलाले आवासीय सेवा प्राप्त गरेको बताए । संस्थाले एचआइभी/एड्स रोकथाम, हेरचाह सहयोग तथा उपचार कार्यक्रम गरेको उल्लेख गर्दै उनले कास्कीका ४२ सामुदायिक विद्यालयका ८ सय ८३ विद्यार्थीलाई शैक्षिक सहयोग गरेको जनाए ।
पोखरा महानगरपालिका वडा नम्बर १७का अध्यक्ष राधिका शाही योगीले विकास निर्माणको सवालमा संघ संस्थाहरु सरकारको अभिन्न अंग भएको चर्चा गरिन् । उनले पारदर्शिता, जवाफदेहिता र सामाजिक उत्तरदायित्वको कामलाई केन्द्र विन्दुमा राख्न सामाजिक संघ संस्थालाई आग्रह गरिन् ।
नौलो घुम्ती नेपालका संस्थापक अध्यक्ष प्रेमबहादुर श्रेष्ठले लागु पदार्थका प्रयोगकर्तालाई आवासीय उपचार केन्द्रको रुपमा सेवा दिन खोलिएको संस्था अहिलेको समुन्नत अवस्थामा आउँछ भनेर सपना समेत नदेखेको बताए । उनले विधि विधान र सुसंस्कारलाई स्थापित गर्न गरेको प्रयासले सन्तोष मिलेको चर्चा गरे । संस्थाका महासचिव अर्यालले एकीकृत सामुदायिक विकास कार्यक्रम मार्फत शिक्षा, स्वास्थ्य, बाल संरक्षण, जीविकोपार्जन लगायतका क्षेत्रमा काम भएको जनाए ।
कार्यक्रममा गैसस महासंघ नेपाल गण्डकी प्रदेशका अध्यक्ष पदमराज पहारी संस्थाका वरिष्ठ उपाध्यक्ष मंगलबहादुर नेपाली, पूर्व अध्यक्ष ईन्दिरा बराल, सल्लाहकार दिलबहादुर गुरुङ, नेपाल रेडक्रस सोसाइटी कास्कीका सभापति उर्मिला खड्का भण्डारी, सहरा क्लबका अध्यक्ष केशवराज बराल, पत्रकार दीपेन्द्र श्रेष्ठ, संस्थाका आजीवन सदस्य टोपराज ढुंगाना, संस्थाका कार्यकारी निर्देशक अनेश गुरुङ लगायतले संस्थाले गरेको कामको बारेका बोलेका थिए ।







‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया