जेनजी आन्दोलनपछि काठमाडौंका सिडिओ छवि रिजाल मन्त्रालय तानिए, पोखराका ईश्वर पौडेललाई जिम्मेवारी

काठमाडौं – जेनजी आन्दोलनका घटनापछि चर्को विवादमा तानिएका काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ) छवि रिजाललाई गृहमन्त्रालयमा तानिएको छ। बुधबार गृहमन्त्री ओमप्रकाश अर्यालले उद्योग मन्त्रालयमा कार्यरत सहसचिव ईश्वर पौडेललाई काठमाडौंको नयाँ सिडिओका रूपमा खटाउने निर्णय गरेका छन्।
भदौ २३ र २४ गतेको आन्दोलनमा गोली चलाउने आदेश दिएको आरोप लागेपछि रिजालमाथि कारबाहीको माग व्यापक बनेको थियो। त्यसयता उनी जिल्ला प्रशासन कार्यालय फर्किन सकेका थिएनन्।
यसअघि मंगलबार गृह सचिव गोकर्णमणि दुवाडीलाई राष्ट्रिय योजना आयोगमा पठाउँदै रामेश्वर दंगाललाई गृहसचिव बनाइएको थियो।
प्रहरीतर्फ पनि नेतृत्व फेरिएको छ। काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज अधिकारीलाई प्रहरी प्रधान कार्यालय (हेडक्वार्टर) सरुवा गरिएको छ भने उनको स्थानमा रमेश थापालाई नयाँ प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ। त्यस्तै काठमाडौंका आठै प्रहरी वृत्तका प्रमुखहरू समेत फेरबदल गरिएको छ।








अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा
निर्वाचन ७९ दिन बाँकीः समानुपातिकतर्फ १४ राजनीतिक दल सहभागी नहुने
४ महिनामा करिब ७ खर्ब रेमिट्यान्स भित्रियो
डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया