जेलबाट भागेका शिवशिखर सहकारीका अध्यक्ष शर्मा पक्राउ
समाधान संवाददाता
२०८२ असोज ९ गते ११:४३

काठमाडौं ।
शिवशिखर बहुउदेश्यीय सहकारी संस्था लिमिटेड भक्तपुरका तत्कालीन सञ्चालक सहकारी ठगीका आरोपी केदारनाथ शर्मालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । सहकारी ऐन, २०७४ तथा संगठित अपराध निवारण ऐन, २०७० बमोजिमको कसुरमा भक्तपुर जिल्ला अदालतसमेतको आदेशबाट पुर्पक्षको लागि कारागार कार्यालय, नक्खुमा रहेका शर्मा जेनजी आन्दोलनका समयमा फरार भएका थिए ।
उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरी टोलीले ललितपुरको सानेपाबाट पक्राउ गरेको हो । उनलाई बुधबारै कारागार कार्यालय, नक्खु बुझाइएको ब्यूरोका निमित्त प्रवक्ता, प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए । कारागार व्यवस्थापन विभागका अनुसार अझै ७ हजार कैदीबन्दी फरार छन् ।
सम्बन्धित







६० सहसचिवको सरुवा, गण्डकीमा ५ सचिव आउँदा २ जना बाहिरिए
सरकारको १०० दिन : फजुल खर्च र सुशासनमा निर्मम, चुनाव गराउन प्रतिबद्ध
चुनाव आउन ७५ दिन बाँकी : देशभर १० हजार ९६७ मतदान स्थल कायम, १६८ थपिए
पुसमा विवाहको झल्को : लेखनाथ महोत्सवमा यसरी गुञ्जियो रत्यौली
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया