पोखरा रोयल सहकारीको अध्यक्षमा पुनः रुद्रकुमारी गुरुङ

पोखरा ।
पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २४औँ वार्षिक साधारणसभा नयाँ समिति चयन गर्दै सकिएको छ । असोज ३ गतेदेखि ६ गतेसम्म एकाईगत रूपमा सञ्चालन भएको २४औँ वार्षिक साधारणसभाबाट आगामी ४ वर्षे कार्यकालका लागि रुद्रकुमारी गुरुङको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति सर्वसम्मत रूपमा निर्वाचित भयो ।
समितिको उपाध्यक्षमा क्याप्टेन चन्द्रप्रसाद गुरुङ, सचिवमा केशवप्रसाद ढकाल, कोषाध्यक्षमा सूर्यमोहन ढकाल र सञ्चालकहरूमा एकबहादुर गुरुङ, खिमकुमारी गुरुङ, जंगबहादुर गुरुङ, हिरालाल श्रेष्ठ र पूर्णिमा अधिकारी चयन भए । त्यसैगरी, लेखा सुपरिवेक्षण समितिको संयोजकमा नारायण सुवेदी र सदस्यहरूमा अपिला ढकाल र दुलब थापा चयन भए ।
३ वटा एकाईहरूमा सम्पन्न वार्षिक साधारणसभाले अध्यक्ष रुद्रकुमारी गुरुङद्वारा प्रस्तुत सञ्चालक समितिको प्रतिवेदन, लेखा समितिका संयोजक हर्कबहादुर गुरुङद्वारा प्रस्तुत लेखा समितिको प्रतिवेदन, प्रमुख कार्यकारी अधिकृत भीम गुरुङद्वारा प्रस्तुत नीति तथा कार्यक्रम र बजेट र लेखा परीक्षक चार्टर्ड एकाउन्टेन्ट सागर आचार्यद्वारा प्रस्तुत लेखा परीक्षण प्रतिवेदन समेत पारित गर्यो ।
१०,२२५ जना सदस्य रहेको सहकारीको २ अर्ब ६५ करोडको वासलात, २२ करोड जगेडाकोष, १५ करोड शेयर पुँजी, २ अर्ब बढी बचत निक्षेप र १ अर्ब ५३ करोड ऋण लगानी रहेको छ । संस्थाले वर्तमान तरल वित्तीय बजारलाई मध्यनजर गर्दै संस्थागत सुशासनलाई पहिलो प्राथमिकतामा राख्दै वर्षभरि सदस्य केन्द्रित १०० गतिविधि सञ्चालन गर्ने नीति साधारणसभाले पारित गर्यो । वार्षिक साधारणसभाले उत्कृष्ट वर्ष सदस्य, उत्कृष्ट कर्मचारी र २५ वर्षे सेवाअवधि पूरा गरेका कर्मचारीहरूलाई सम्मान तथा पुरस्कार समेत वितरण गर्यो ।
हाल ७.७७ प्रतिशतमा ऋण सेवा प्रदान गरिरहेको संस्थाको साधारणसभाले प्रविधि सेवालाई सबै सदस्यको पहुँचमा पुर्याउने, संस्थागत कोष वृद्धि गर्दै जगेडाकोष मुखी संस्था निर्माण गर्ने, सदस्यलाई ऋणी हैन उद्यमी बनाउने, नियमित बचतलाई वृद्धि गर्ने, पोखरा रोयललाई समुदायको पहिलो रोजाइको संस्था बनाउने र संस्थालाई नाफामुखी भन्दा सेवामुखी व्यवसायका रूपमा स्थापित गर्ने जस्ता कार्यक्रमहरू पारित गरेको सूचना अधिकारी मीलन ढकालले बताए ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया