दुधपोखरीमा बेपत्ता युवकको खोजीमा हेलिकप्टरमार्फत गोताखोर परिचालन

लमजुङ । लमजुङको मर्स्याङदी गाउँपालिका–३ स्थित दुधपोखरी कुण्डमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका युवकको खोजीका लागि हेलिकप्टरमार्फत गोताखोर टोली परिचालन गरिएको छ ।
साउन २४ गते पोखरीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका मर्स्याङदी गाउँपालिका–४ भुजुङ बस्ने १८ वर्षीय मनोज गुरुङको खोजीका लागि असोज १० गते एयर डाइनेस्टिको हेलिकप्टरमार्फत सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गण पोखराबाट ४ जनाको गोताखोर टोली परिचालन गरिएको हो ।
सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार दुर्गम क्षेत्र र गहिरो पोखरी भएकाले हेलिकप्टरमार्फत मात्र गोताखोर पठाउन सम्भव भएको हो । उनले भने, ‘स्थानीय र सुरक्षाकर्मीले लगातार खोजी गरे पनि सफलता नपाएपछि विशेषज्ञ गोताखोर टोली परिचालन गरिएको छ ।’
हाल गोताखोर टोलीले पोखरीमा निरन्तर खोजी कार्य जारी राखेको र परिणामको प्रतीक्षा भइरहेको प्रहरीले जनाएको छ ।








पोखरामा पुस ९ देखि राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप
चार मन्त्री थपिएसँगै मन्त्रिपरिषद् १४ सदस्यीय, नवनियुक्त मन्त्रीहरूद्वारा पदभार ग्रहण
नवरत्नलाई सम्मान गर्दै महानगर
सम्पादक कोइराला पुरस्कृत
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया