सरकारप्रति ओलीको कटाक्ष : पासपोर्ट रोक्छौ, सुविधा काट्छौ, तर सुरक्षा दिन्छौ कि दिन्दैनौ ?

पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले तयार गरेको पासपोर्ट रोक्का गर्ने योजनालाई कडा भाषामा खण्डन गर्दै सरकारमाथि आक्रामक प्रहार गरेका छन् ।
शनिबार भक्तपुरको गुण्डुमा आयोजित चियापान कार्यक्रममा सम्बोधन गर्दै निवर्तमान प्रधानमन्त्री समेत रहेका ओलीले वर्तमान सरकारलाई “हाहुको सरकार” भन्दै खिल्ली उडाए । उनले भने, “पासपोर्ट रोक्ने रे ! के ठानेको छ ? हामी यो देश बनाएर बसेका छौं, हाहुको सरकारलाई जिम्मा लगाएर विदेश भाग्ने होइनौं ।”
ओलीले आफूलाई लक्षित गरेर सोशल मिडियामा घरसम्म घेराउ गर्ने हल्ला फैलाइएको आरोप पनि लगाए । “केपी ओलीको घर लोकेट गरेर घेर्न जाऔं भनेर देखाइएको छ । मेरो घर तोकिएको छ । अनि सरकार के हेरेर बसिरहेको छ ? सरकारको कर्तव्य के हो ? आतंक फैलाएर राजनीति गर्नेहरूलाई मात्रै सुरक्षा दिने कि ?” उनले सरकारलाई प्रश्न गरे ।
सरकार सुविधा र गाडी फिर्ता गर्ने, पासपोर्ट रोक्ने, मुद्दा चलाउने भन्ने धम्कीमा मात्रै अल्झिएको आरोप लगाउँदै ओलीले भने, “ठीक छ, सुविधा चाहिँदैन, गाडी चाहिँदैन । तर सुरक्षा चाहिँ दिनैपर्छ । सरकारमा हुनेहरूले कर्तव्य पुरा गर्ने कि गर्ने होइन ?”
उनले वर्तमान सरकारको गतिविधि असुरक्षा र त्रास फैलाउनेतिर केन्द्रित भएको आरोप लगाउँदै चेतावनी दिए, “असुरक्षाको माध्यमबाट सत्तामा पुगेकाहरूले अरुलाई पनि असुरक्षित बनाउने खेल खेल्दै छन् । तर जनतालाई मूर्ख ठान्ने गल्ती नगर्नु ।”
अन्त्यमा ओलीले राजनीतिक परिस्थिति चिरकाल अन्धकारमा नबस्ने संकेत गर्दै भने, “मौसम पनि सधैं एकनास हुँदैन । झरी–बादलपछि फेरि घाम लाग्छ । राजनीति पनि त्यस्तै हो—आजको बादल चिर्न ढिला भए पनि भोलि फेरि मुस्कान आउँछ।”







रत्नशोभा मावि व्यवस्थापन समितिमा तिमिल्सिना
‘जारी २’ र ‘मन बिनाको धन’ प्रदर्शनमा
बालबालिकालाई भिटामिन ‘ए’ आज पनि खुवाइँदै
कोरला भन्सारबाट ३ अर्ब बढी राजस्व संकलन
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया