पूर्व राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले संसद् सचिवालयको गाडी फिर्ता गरे
समाधान संवाददाता
२०८२ असोज १२ गते ५:४६

पोखरा । राष्ट्रिय सभाका पूर्व अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आफूले प्रयोग गर्दै आएको संघीय संसद् सचिवालयको गाडी फिर्ता गरेका छन्।
तिमिल्सिनाले बा.सी. २७३८ नम्बरको सरकारी सवारी जिल्ला प्रशासन कार्यालय कास्कीमार्फत शनिनबार बुझाएका हुन्। हालै सरकारले पूर्व पदाधिकारीसँग रहेका सवारीसाधन, निवास सुविधा र अन्य सरकारी स्रोत फिर्ता गर्न निर्देशन दिएपछि उनले गाडी बुझाएका हुन्
तिमिल्सिनाले राष्ट्रिय सभाको अध्यक्षको हैसियतमा सचिवालयबाट पाएको सो गाडी सरकारले जारी गरेको सूचनाका आधारमा फिर्ता गरेको बताएका छन्। तर यसअघि संसद सचिवालयले ताकेता गर्दासमेत उनले अटेरी गरेका थिए ।
२०७४ सालमा राष्ट्रिय सभा सदस्यमा निर्वाचित तिमिल्सिना सोही वर्ष अध्यक्ष बनेका थिए। उनले ६ वर्षे कार्यकाल पूरा गरी २०८० साल फागुन २० गते पदमुक्त भएका थिए।

सम्बन्धित








संकटमा पत्रकार र पत्रकारिता: पोखरा घोषणापत्र जारी गर्दै गण्डकी प्रदेश भेला सम्पन्न
महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान
६० सहसचिवको सरुवा, गण्डकीमा ५ सचिव आउँदा २ जना बाहिरिए
सरकारको १०० दिन : फजुल खर्च र सुशासनमा निर्मम, चुनाव गराउन प्रतिबद्ध
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया