दशैंमा पोखरा घुम्दै हुनुहुन्छ ? यी हुन् घुम्ने १०० आकर्षक गन्तव्य

पाेखरा । नेपालभित्रको पर्यटकीय राजधानी मानिने पोखरा दशैं–तिहार र नयाँ वर्षजस्ता चाडपर्वमा आन्तरिक तथा बाह्य पर्यटकले घुम्नैपर्ने स्थानका रूपमा चर्चित छ। फेवातालदेखि महादेवको मूर्तिसम्म, बेगनासदेखि काहुँडाँडासम्म आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउने गन्तव्य हुन् ।
दशैं–तिहारको लामो बिदामा देशविदेशका मानिसको रोजाइ बन्ने मुख्य गन्तव्य हो पोखरा। ताल–तलैया, हिमाल–पहाड, गुफा–झरना, मठ–मन्दिर, संग्रहालय र होमस्टेसम्मका १०० भन्दा बढी आकर्षक स्थलले पोखरालाई पर्यटकीय नक्सामा विशेष बनाएका छन्। आन्तरिक तथा बाह्य पर्यटक दशैंमा पोखरा घुम्न आउने क्रम बढ्दै गएको छ।
पोखरामा पर्यटकीय गतिविधि बढ्दो क्रममा
पोखरामा वार्षिक करिब ३ लाख पर्यटक आउने गरेको तथ्याङ्क छ। नेपाल आउने विदेशी पर्यटकमध्ये करिब ३५ प्रतिशत पोखरा आउने गरेका छन्। पछिल्लो समय यहाँ भित्रिने अधिकांश आन्तरिक तथा बाह्य पर्यटक पदयात्रा, पर्वतारोहण, प्याराग्लाइडिङ, जलयात्रा र साहसिक गतिविधि एवं प्राकृतिक दृश्यावलोकनलाई लक्षित गरी आउने गरेका छन्।
अन्नपूर्ण पदयात्रा प्रमुख आकर्षण
विश्वका विभिन्न देशबाट पोखरा आएका पर्यटकमध्ये धेरैको रोजाइमा अन्नपूर्ण पदयात्रा पर्ने गरेको छ। अन्नपूर्ण पदयात्राको मुख्य प्रवेशद्वार लमजुङको सदरमुकाम बेँसीसहर, गोरखा र कास्की समेटिएको छ। पर्यटक बेँसीसहर हुँदै पाँच हजार ४ सय १६ मिटर उचाइको थोराङ पास भञ्ज्याङ हुँदै मुक्तिनाथ र जोमसोम पुगेर पोखरा फर्कने गर्छन्। यसको प्रवद्र्धन पर्यटन व्यवसायी, टे«किङ गाइड र टे«किङ व्यवसायीले गर्दै आएका छन्। अर्को पदमार्गका रूपमा पोखराबाट वीरेठाँटी, घान्द्रुक, घोरपानी, जोमसोम, मुक्तिनाथ र माथिल्लो मुस्ताङ पार गरी मनाङ हुँदै बेँसीसहर फर्कने व्यवस्था छ।
प्रदेश सरकारको पर्यटन प्रवद्र्धन
गण्डकी प्रदेश सरकारले गत वर्ष एक सय १० वटा विभिन्न पर्यटकीय गन्तव्यलाई समेटेर प्रदेशमा पर्यटन प्रवद्र्धनका काम अगाडि बढाएको छ। प्रदेशका ११ जिल्लामा प्रत्येक जिल्लामा १०÷१० वटा पर्यटकीय स्थलको भौतिक पूर्वाधार निर्माण भइरहेको छ। प्रदेश सरकारले पोखरा र छिमेकी जिल्लामा प्यराग्लाइडिङ, अल्ट्रालाइट, जिप फ्लायर, राफ्टिङ, घोडचढी, बन्जी जम्प, साहसिक पिङ (स्विङ), हर्ट एयर बेलुनिङ र जङ्गल सफारी लगायतलाई साहसिक पर्यटकीय गन्तव्यका रूपमा सूचीकृत गरेको छ।
फेवाताल र तालबाराही मन्दिर
फेवाताल र तालबाराही मन्दिर पोखराको बीचमा रहेको छ। फेवातालको मनोरम दृश्यावलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गर्छ। विशेषगरी पर्यटकीय सिजनमा पश्चिमा र युरोपियन पर्यटकहरुको चहलपहल बढी हुन्छ भने अन्य समयमा आन्तरिक पर्यटकको बाक्लो उपस्थिति रहन्छ। पोखरा आउने अधिकांश पर्यटक फेवातालमा डुङ्गा सयर गर्ने र तालबाराही मन्दिर दर्शन गर्ने गर्दछन्। मन्दिरमा दैनिक पूजा गर्ने धार्मिक पर्यटकको पनि घुइँचो लाग्ने गर्छ।
लेकसाइड बजार र माछापुच्छ्रे हिमाल
फेवातालको किनारमा रहेको लेकसाइड बजार पर्यटकको आकर्षक गन्तव्य हो। अधिकांश पर्यटक यहीँ बस्न रुचाउँछन्। डेभिड फल्स (पाताले छाँगो) सिद्धार्थ राजमार्गको छोरेपाटन क्षेत्रमा पर्छ। फेवातालको ड्यामबाट छाडिएको पानी डेभिड फल्सको गल्छी हुँदै गुप्तेश्वर गुफा र सेती नदीमा मिसिन्छ। वर्षामा ठूलो पानीको भेल गल्छीभित्र पस्दा देखिने फोहोरा लोभलाग्दो देखिन्छ।
गुप्तेश्वर गुफा र महादेवको मूर्ति
सिद्धार्थ राजमार्ग तथा पोखरा–१७, छोरेपाटनस्थित गुप्तेश्वर गुफा डेभिड फल्सको खोँचमा छ। गुफामा गुप्तेश्वर महादेवको मूर्ति रहेको छ। गुफामा प्रवेश गरेपछि डेभिड फल्सको पानी समेत देख्न सकिन्छ। गुफामा दैनिक आन्तरिक तथा बाह्य पर्यटक रमाउने गर्छन्।
सेतो गुम्बा र शान्तिस्तुपा
पोखराको पश्चिमतर्फ फेवाताल र रानीवनसँगै रहेको सेतो गुम्बा (शान्तिस्तुपा) स्वदेशी तथा विदेशी पर्यटकको आकर्षक गन्तव्यको रूपमा विकास भएको छ। यहाँबाट फेवाताल, हिमाल, बेगनास ताल, रानीवन र सराङकोटको डाँडा देखिन्छ।
विन्ध्यवासिनी मन्दिर
विन्ध्यवासिनी मन्दिर हिन्दू धर्मावलम्बीबीच धार्मिक विश्वाससँग जोडिएको छ। यहाँ दर्शन गर्न नेपाली र भारतीय पर्यटकको घुइँचो लाग्ने गर्छ। मन्दिर अग्लो स्थानमा रहेकोले पोखरा सहर अवलोकन गर्न सकिन्छ। अपाङ्ग र अशक्त पर्यटकको लागि लिफ्टको व्यवस्था गरिएको छ।
सराङकोट
पोखराबाट उत्तर पश्चिममा रहेको सराङकोट अग्लो डाँडा हो। यहाँबाट पोखरा र लेखनाथ सहर, माछापुच्छ«े, अन्नपूर्ण र धौलागिरी हिमाल देख्न सकिन्छ। प्याराग्लाइडिङ र जिप फ्लाई पनि यहाँबाट सञ्चालन हुन्छ। पर्यटकीय सिजनमा दैनिक हजारौँ स्वदेशी तथा विदेशी पर्यटक पुग्ने गर्छन्।
बेगनास र रूपा ताल
लेखनाथ नगरपालिकामा अवस्थित बेगनास र रूपाताल प्रमुख गन्तव्य हुन्। तालमा डुङ्गा सयरको व्यवस्था छ। यहाँको माछा परिकारका लागि प्रसिद्ध छ। पोखराबाट ताल पुग्न १० किलोमिटरको दूरी पार गर्नुपर्छ।
प्याराग्लाइडिङ, अल्ट्रालाइट र जिप फ्लाई
पोखरामा करिब ५५ वटा प्याराग्लाइडिङ कम्पनी सञ्चालनमा छन्। सराङकोटबाट उडेर फेवातालमा ल्यान्ड गर्ने व्यवस्था छ। १ सय ५० व्यावसायिक टेन्डम पाइलट र १ सय ९० सोलो पाइलट यहाँ छन्। अल्ट्रालाइट फ्लाइटले पोखरा सहर र हिमाल अवलोकनको अवसर दिन्छ। जिप फ्लाई हेम्जासम्मको मार्गमा उडाइन्छ।
बन्जी जम्प
पोखरामा हेम्जा र पर्वतीय सङ्ग्रहालयस्थित रातोपैह्रोमा टावरसहित बन्जी जम्प सञ्चालनमा आएको छ। साहसिक पर्यटनमा रुचि राख्ने पर्यटकका लागि यो आकर्षक खेल बनेको छ।
पामे
फेवातालको उत्तर पश्चिम किनारमा पामे पर्यटक पुग्ने प्रमुख स्थान हो। यहाँ माछाको परिकारको लागि परिचित छ। पोखरेलीहरूले विशेष गरी शनिबार यहाँ पुग्ने गर्छन्।
अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय
सङ्ग्रहालयमा हिमाली कला, संस्कृति, भेषभूषा र जातजाति सम्बन्धी जानकारी प्रस्तुत गरिएको छ। २०६० माघदेखि सञ्चालनमा आएको यस सङ्ग्रहालयमा हिमाली क्षेत्रका जातजाति र भौगोलिक अवस्था सम्बन्धी सामग्री राखिएको छ।
महेन्द्र र चमेरी गुफा
महेन्द्र गुफा नजिकै चमेरी गुफा अवस्थित छ। घना जंगलको छेउमा रहेका यी गुफा पर्यटकका लागि रोमाञ्चकारी अनुभव प्रदान गर्छन्।
सेती खोँच
पोखरा बजारको बीचबाट बग्ने सेती नदी पर्यटकको आकर्षणको केन्द्र हो। साँघुरो र गहिरो खोँच भएकाले हिउँदमा पानी देख्न गाह्रो पर्छ। रामघाटबाट सेती नदी अवलोकन गर्न सकिन्छ।
माटेपानी गुम्बा
पोखरा क्षेत्रीय अस्पतालको पूर्वी भागमा अवस्थित माटेपानी गुम्बा पर्यटक र धर्मावलम्बीको लागि आकर्षक गन्तव्य हो। अग्लो स्थानमा भएकोले यहाँबाट पोखरा र निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल देखिन्छ।
तालतलैया र डाँडापाखा
फेवाताल (पोखरा–६), रुपाताल (पोखरा–२३), बेगनास ताल (पोखरा–३१), खापुच ताल (पोखरा–३०), दिपाङ ताल (लेखनाथ–२६), कमलपोखरी (पोखरा–२५), मैदी ताल (लेखनाथ), गैरा पोखरी (पोखरा–२९) लगायतका ताल घुम्न सकिने प्रमुख गन्तव्य हुन्। यी सबै ताल वरिपरि स्थानीय खानपान, डुंगा विहार, माछापालन र विश्रामका गतिविधि सम्भव छन्।
सूर्योदय, सूर्यास्त र हिमाल नियाल्न सकिने सराङकोट (पोखरा–१८), घारेकोट (पोखरा–१८), काहुँडाँडा (पोखरा–१४), थुम्की डाँडा (पोखरा–१७), सिन्दुरे डाँडा (पोखरा–२३), सुन्दरीडाँडा (पोखरा–२३), लौरुक डाँडा (पोखरा–२८), कास्कीकोट (पोखरा–१९) जस्ता डाँडाहरू पनि दशैंमा भीड लाग्ने ठाउँ हुन्।
धार्मिक तथा ऐतिहासिक स्थल
बिन्ध्याबासिनी मन्दिर (पोखरा–२), तालबाराही मन्दिर (पोखरा–६), भद्रकाली मन्दिर (पोखरा–५), कालीका मन्दिर (पोखरा–११), महादेवको विशाल मूर्ति (पोखरा–२२, पुम्दीभुम्दी), मुकुण्डेश्वरी डाँडा (पोखरा–२२), धरणीबाराही मन्दिर (पोखरा–२६) लगायत मठ–मन्दिरमा दशैंमा विशेष पूजा हुने गर्दछ।
इतिहासप्रेमीका लागि कास्कीकोट दरबार (पोखरा–१९), बिजयपुर दरबार क्षेत्र (पोखरा–१५), रामकोट (पोखरा–१९) र आर्मला गाउँ (पोखरा–१५) प्रमुख गन्तव्य हुन्।
गुफा र झरना
पोखरा गुफा–झरनाका लागि पनि प्रसिद्ध छ। देविस फल्स (पोखरा–१७), गुप्तेश्वर गुफा (पोखरा–१७), महेन्द्र गुफा (पोखरा–१६), चामेरो गुफा (पोखरा–१६), सितलछाँगो (पोखरा–२४), भरदह छाँगो (पोखरा–२५), पाताले छाँगो (पोखरा–१७) चर्चित छन्। यी ठाउँमा आन्तरिक र बाह्य पर्यटकका लागि अवलोकन र फोटोग्राफी दुवै लोकप्रिय गतिविधि हुन्।
संग्रहालय र अध्ययन स्थल
पोखरामा अन्तर्राष्ट्रिय पर्वत संग्रहालय (पोखरा–१७, रातोपैरा), गुरुङ्ग संग्रहालय (पोखरा–१७), थकाली संग्रहालय (पोखरा–१७) जस्ता संग्रहालय छन्। यहाँ हिमाल आरोहणदेखि जातीय संस्कृति र जीवनशैलीबारे विस्तृत जानकारी पाइन्छ।
गाउँ पर्यटन र होमस्टे
घाचोक (पोखरा–२०), धम्पुस (पोखरा–२०), सिक्लेस गाउँ (मादी गाउँपालिका), भदौरे तामागाउँ (पोखरा–२०), भुजुङ्ग गाउँ (पोखरा–२३), लुम्ले (पोखरा–२१), आर्मला गाउँ (पोखरा–१५), टाँटीबगर (पोखरा–१२), हेम्जा (पोखरा–२५) गाउँ पर्यटनका लागि चर्चित छन्। यहाँ होमस्टे, स्थानीय खानपान, सांस्कृतिक नृत्य र जातीय परम्परा पर्यटकलाई आकर्षित गर्छ।
शहरी र बजार क्षेत्र
लेकसाइड (पोखरा–६), तालबाराही घाट (पोखरा–६), नयाँबजार, महेन्द्रपुल, रामबजार, बुद्धचोक, न्युरोड, शहीदचोक, अमरसिंह चौर, टुँडिखेल मैदान, पृथ्वीनारायण क्याम्पस क्षेत्र, रत्न मन्दिर परिसर, वसन्तथार गाउँ लगायतका ठाउँ शहरी जीवन अनुभव गर्ने प्रमुख स्थल हुन्।







पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया