कास्की कारागारबाट फरार ७७३ मध्ये ४६८ कैदीबन्दी फर्किए, अझै ३०५ जना बेपत्ता

पोखरा । भदौ २४ गतेको आगजनी र तोडफोडपछि कास्की कारागारबाट फरार भएका ७७३ जना कैदीबन्दीमध्ये हालसम्म ४६८ जना कारागार फर्किएका छन् । कारागार प्रमुख राजेन्द्र शर्माका अनुसार सोमबार साँझ ५ बजेसम्म उनीहरू स्वेच्छाले कारागारमा उपस्थित भएका हुन् ।
‘फर्कने क्रम अझै जारी छ,’ शर्माले भने, ‘राति आउनेहरूलाई समेत राख्ने व्यवस्था गरिएको छ ।’
कारागार प्रशासनले असोज १२ गते सूचना जारी गरी फरार कैदीबन्दीलाई असोज २० गतेभित्र कारागारमा फर्कन आग्रह गरेको थियो । सोमबार पुनः अर्को सूचना प्रकाशित गर्दै नफर्कने कैदीबन्दी र उनीहरूलाई लुकाउने, आश्रय दिने वा भगाउने व्यक्तिलाई कारवाही गरिने चेतावनी दिएको छ ।
कारागार कार्यालयका अनुसार नफर्कने, लुकाउने वा भगाउने व्यक्तिमाथि कारागार ऐन २०७९ तथा प्रचलित कानुनबमोजिम कारबाही हुनेछ । सूचना सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्साल, जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी हरिबहादुर बस्नेत र कारागार प्रशासक राजेन्द्र शर्मालाई जानकारी दिन आग्रह गरिएको छ ।
कारागार प्रमुख शर्माका अनुसार कारागारको प्रशासनिक अभिलेख र कम्प्युटरहरू जले पनि बन्दी गृह सुरक्षित भएकाले फर्केका कैदीबन्दीलाई राख्न समस्या छैन ।
‘हाम्रो रेकर्ड अनलाइनमा भएकाले राहत भयो,’ उनले भने, ‘कार्यालय जले पनि बन्दी गृह जोगिन सफल भयो ।’
कारागार ऐन २०७९ अनुसार, कारागारबाट भागेमा ५ वर्षसम्म कैद वा ५० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्छ । त्यस्तै, कसैले बन्दी भगाएमा ३ वर्षसम्म कैद वा ३० हजार रुपैयाँ जरिवाना वा दुवै सजायको व्यवस्था दफा ४९ मा उल्लेख छ ।
अहिले पनि ३०५ जना कैदीबन्दी फरार छन् र प्रशासनले उनीहरूका खोजतलास तथा निगरानीलाई तीव्र पारेको जनाएको छ ।







सुशासन र निजी क्षेत्रको सुरक्षामा प्रतिबद्ध : प्रधानमन्त्री कार्की
ठगी आरोपमा नेपाल ट्रष्टका पूर्वसहसचिव पक्राउ
५४ युनिट रगत संकलन
अनलाइन ठगीबाट बच्न कास्की प्रहरीको आग्रह
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया