तयारी नपुगेको भन्दै अन्तिम समयमा स्थगित भयो गण्डकी प्रदेश सभाको वैठक

पोखरा । असोज २२ गते दिनको १ बजे बस्ने भनिएको गण्डकी प्रदेश सभाको बैठक तयारी नपुगेको भन्दै अन्तिम समयमा स्थगित भएको छ ।
प्रदेश सभाका सभामुख कृष्णप्रसाद धितालले कर्मचारीको बिदा अनि नयाँ ठाउँमा तयारी गर्नुपर्ने भएकाले समय अभावका कारण बैठक स्थगित गर्नुपरेको बताए ।
प्रदेश सभा हल र सचिवालय जलेर ध्वस्त भएपछि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको हलमा बैठक गर्न लागिएको थिए । सुरक्षा प्रवबन्ध सहित सिटको व्यवस्थाका साथै प्रत्यक्ष प्रशारणका लागि माइक र क्यामेराको प्रबन्ध गर्नु पर्ने हुन्छ । माइक जडान लगायतका कामसमेत नसकिएको सभामुख धितालले जानकारी दिए ।
प्रदेश सभाले जारी गरेको सूचनामा भनिएको छ, मिति २०८२ साल असोज २२ गते दिनको १:०० बजे बस्ने भनिएको गण्डकी प्रदेश सभाको बैठक सभाहलको प्राविधिक तयारी पुरा नभएको कारण अर्को सूचना नभएसम्मको लागि बैठक स्थगित भएको व्यहोरा अनुरोध छ।
सभामुख धितालले एमाले र कांग्रेसको केन्द्रीय समितिको बैठक समेत डाकिएकाले तिहार अघि प्रदेश सभाको बैठक सम्भव नदेखिएको बताए ।
गण्डकी विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि सरकारले कानुन परिमार्जन गर्न विधेयक सदनमा दर्ता गराएको छ । खानी र गाँजा खेती सम्बन्धी विधेयक पनि सदनमा विचाराधीन छन् ।
भदौ २५ गते बस्ने गरी डाकिएको बैठक जेन्जी आन्दोलनका कारण अनिश्चित समयका लागि स्थगित गरिएको थियो ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया