कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने

पोखरा । कास्कीका जग्गाधनीहरुले आफ्नो जग्गाको किटानी सिफारिस गर्नुपर्ने गर्नुपर्ने भएको छ ।
गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा मालपोत कार्यालय कास्कीको भौतिक संरचनासहित सम्पूर्ण अभिलेख जलेर नष्ट भएकाले जग्गा धनीलाई किटानी सिफारिस गर्न सूचना जारी गरिएको छ । कार्यालयले मंगलबार एक सूचना जारी गरी आन्दोलनका कारण अवरुद्ध भएका सेवाहरू पुनः सञ्चालन गर्न भूमि व्यवस्था तथा अभिलेख विभागले सेवा पुनःस्थापना प्रक्रिया सुरु गरेको जानकारी दिएको हो । सेवा पुनः सुरु गर्न विभिन्न प्रक्रिया पूरा गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ ।
जग्गधनीले जग्गा रहेको स्थानीय तहबाट भएको भोग सम्बन्धी किटानी सिफारिस र सम्बन्धित जग्गा धनी एकिन गर्न स्थायी ठेगाना भएको स्थानीय तहको जग्गा धनीको तीन पुस्ते खुलेको फोटो टाँस सहितको किटानी सिफारिस बनाउनुपर्ने सूचनामा उल्लेख गरिएको छ । साथै, स्थलगत सर्जमिन मुचुल्का, नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, जग्गाधनीसँग भएको सक्कल पुर्जा, जग्गाधनीसँग भएको पारित लिखत पनि समावेश गर्न भनिएको छ ।
जग्गा रोक्का भएमा रोक्का राख्ने निकायको सहमति पत्र पेस गर्न सूचनामा भनिएको छ । यस्तै, चालु आर्थिक वर्षको मालपोत बुझाएको रसिद, प्लष्ट रजिष्टर फिल्डबुक, नक्शा, आवश्यकता अनुसार ३५ दिने सार्वजनिक सुचना पनि दिनुपर्ने भनिएको छ ।
गुठि जग्गाको हकमा गुठि संस्थानको सहमति पत्र र आवश्यकता अनुसार अन्य प्रमाणहरु पेस गर्न सूचनामा उल्लेख गरिएको छ ।
कार्यालयले मंगलबार नै अर्को सूचना जारी गरी रोक्का जग्गाको पनि अभिलेख अद्यावधिक गर्न भनेको छ । कार्यालयको कार्य क्षेत्रभित्र पर्ने महानगरपालिका÷ गाउँपालिकाको जग्गाहरुको रोक्का सम्बन्धित अभिलेख तथा व्यक्तिगत दृष्टिबन्धक, शेषपछिको बकसपत्र गरिदिएको भए त्यसको अभिलेख यस कार्यालयमा उपलब्ध गराइ रोक्का अभिलेख अध्यावधिक गर्ने कार्यमा सहयोग गर्न भनिएको छ ।





पोखरा बचत सहकारीका बचतकर्तालाई उजुरी दर्ता गर्न प्रहरीको आह्वान
नागरिक समाज कास्कीले माग्यो सर्वपक्षीय राजनीतिक सम्मेलन
महायज्ञ सुरु नहुँदै मानव सेवा आश्रमलाई उल्लेख्य दाता
कोक्यापको कार्यशाला
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया