क्यानडामा १ नेपालीले १ पर्यटक पठाउने अभियान

समाधान संवाददाता २०७६ पुष १८ गते १८:१७

समाधान संवाददाता

२० लाख पर्यटक भित्राउने लक्ष्यसहित बुधबारदेखि नेपाल भ्रमण वर्ष २०२० सुरु भएको छ । भ्रमण वर्षलाई सफल बनाउन नेपाल सरकारले अभियान सुरु गरिसकेको छ । विदेशमा रहेका नेपाली संघ संस्थाले पनि भ्रमण वर्षको प्रचारसँगै नेपालमा पर्यटक पठाउने अभियान थालेका छन् ।

नेपाल घुम्न अभिप्ररित गर्ने गरी कार्यक्रम, प्रचार, समन्वय र सकारात्मक सन्देश छर्न विदेशमा रहेका संघसंस्थाले क्यालेन्डर नै बनाएका छन् । जनवरी ७ मा विश्वभरिका सबै नेपाली कटनीतिक नियोगहरुले भ्रमण वर्षको सुभारम्भ गर्दैछन् । विश्वका सबैजसो मुलुकमा कुनै न कुनै प्रवद्र्धनका कार्यक्रम गरेर नेपाल पर्यटक पठाउने अभियान सुरु भएको छ ।

Advertisement

त्यसैक्रममा क्यानडामा भ्रमण वर्षको स्वागतसँगै ¥याली र विभिन्न कार्यक्रम सुरु भएको छ । कास्की समाज क्यानाडाले प्रमुख सहर टोरोन्टोमा बृहत कार ¥यालीसँगै त्यहाँका पर्यटकलाई नेपाल घुम्न जान सन्देश दिएका छन् ।

गैर आवसिय नेपाली संघको विशेष सहयोगमा कास्की समाज क्यानडाले नेपाली र क्यानडाको झण्डा फर्फराउँदै कार ¥याली, भ्रमण वर्षको लागोसहित मिसुसागा र ब्राम्टनका मुख्य सहरको परिक्रमा गरेको छ ।

Advertisement

‘नेपाल र क्यानडाको झण्डा, भ्रमण वर्षको लोगोसहित कार ¥याली ग¥यौं । नेपालले मनाइरहेको भ्रमण वर्षबारे क्यानडाका प्रमुख सहरमा प्रचार गर्दै घुम्न जान सन्देश प्रवाह ग¥यौं,’ समाजका महासचिव किरण गौतमले भने, ‘२० लाख पर्यटक नेपालमा भित्राउने योजनालाई सफल बनाउने आफ्नो ठाउँबाट अभियान थालेका हौं ।भ्रमण वर्षमा क्यानडामा रहेका एक नेपालीले १ पर्यटक भित्राउने अभियान सुरु गरेका छौं ।’ क्यानडामा अहिले हजारौं नेपाली छन् ।

समाजले पर्यटकलाई नेपाल घुम्न आग्रह गर्ने र नेपाल पुगेपछि गण्डकी प्रदेशका पर्यटकीय गन्तव्यमा जान प्ररित गर्ने गरी कार्यक्रम गरिएको महासचिव गौतमले जानकारी दिए ।

तपाईको प्रतिक्रिया