सूर्यज्योति लाइफद्वारा ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’का लागि १ करोड ५० लाख सहयोग

काठमाडौँ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले राष्ट्र र समुदायप्रतिको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’मा १ करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ।
२०८२ भदौ २३ र २४ गते देशभर भएका जेन–जी आन्दोलनका क्रममा राजधानीसहितका विभिन्न सार्वजनिक तथा सरकारी भौतिक संरचनामा भएको आगजनी र तोडफोडबाट व्यापक क्षति भएको सन्दर्भमा नेपाल सरकारले स्थापना गरेको सो कोषमा कम्पनीले सहयोग प्रदान गरेको हो।
कम्पनीका सञ्चालक चुडामणि देवकोटा र प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले आज अर्थमन्त्री समक्ष उक्त रकम बराबरको चेक हस्तान्तरण गरे ।
सहयोग हस्तान्तरणका अवसरमा प्रमुख कार्यकारी अधिकृत खत्रीले सूर्यज्योति लाइफले विगतदेखि नै शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्दै हालको सहयोगले राष्ट्र पुनर्निर्माण, आर्थिक पुनरुत्थान र राहत प्रयोजनमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे ।







पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया