कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण

पोखरा । शिक्षा, सेवा र समर्पणलाई मूल मन्त्र मानेर स्थापित कास्की सार्दिखोला समाज, कतारले बिहीबार माछापुच्छ्रे गाउँपालिका–२ स्थित माछापुच्छ्रे माध्यमिक विद्यालयका मेधावी विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको छ।
बुधबार सम्पन्न कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष गणेश आचार्यले छात्रवृत्ति वितरण गर्दै देश बाहिर रहेर पनि समुदायको शिक्षागत उत्थानका लागि निरन्तर योगदान दिँदै आएको समाजको पहल सराहनीय रहेको बताए।
समाजका अध्यक्ष पदम गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष हरिप्रसाद आचार्य, सल्लाहकार द्रोणप्रसाद बाँस्तोला, संस्थापक उपाध्यक्ष खुसिमान परियार, संस्थापक कोषाध्यक्ष माधवप्रसाद आचार्य, पूर्व कोषाध्यक्ष कपुरमोहन तामाङ, पूर्व कार्यसमिति सदस्य तथा त्रियाशील सदस्यका परिवारका साथै विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिहरू टेकराज आचार्य, अनिल गुरुङ र सुमन श्रेष्ठको उपस्थिति उल्लेखनीय थियो।
कार्यक्रम अन्तर्गत विद्यालयका कक्षा १० मा अध्ययनरत ५ जना मेधावी विद्यार्थीलाई जनही २० हजार रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरिएको विद्यालयले जनाएको छ।
साबिक सार्दिखोला गाविस (हाल माछापुच्छ्रे गाउँपालिका–२) का श्रमजीवी, शिक्षित र समाजसेवी युवाहरूले सन् २०१२/१३ तिर स्थापना गरेको कास्की सार्दिखोला समाज, कतारले सुरुदेखि नै आफ्नो मातृभूमिप्रतिको प्रेम र उत्तरदायित्वका भावनासहित निरन्तर समाजसेवामा सक्रिय रहँदै आएको छ।
समाजले शैक्षिक, स्वास्थ्य, सामाजिक, सांस्कृतिक र खेलकुद क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएको छ। विद्यालयमा +२ तह स्थापनार्थ सहयोग, उत्कृष्ट विद्यार्थी सम्मान, राहत वितरण, स्वास्थ्य सहयोग, र सांस्कृतिक कार्यक्रम सञ्चालनजस्ता कार्यहरू मार्फत समाजले सार्दिखोला समुदायलाई एकतामा बाँध्ने भूमिका निर्वाह गर्दै आएको छ।
त्यसैगरी, “राष्ट्रपति कप” लगायतका खेलकुद प्रतियोगितामा सहयोग, विद्यालयको स्वर्ण महोत्सवमा आर्थिक योगदान र स्थानीय योजनामा सल्लाह–समन्वयका कार्यहरूले समाजको सामाजिक उत्तरदायित्वलाई अझ सशक्त बनाएको छ।
विद्यालयका प्रधानाध्यापक सन्तोष आचार्यले छात्रवृत्ति कार्यक्रमले विद्यार्थीहरूमा शिक्षा प्रतिको लगाव र आत्मविश्वास बढाएको उल्लेख गर्दै यस्तो सहयोगले उनीहरूको उज्ज्वल भविष्य निर्माणमा प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे।
कार्यक्रमको अन्त्यमा विद्यालय परिवारले कास्की सार्दिखोला समाज, कतारका पदाधिकारी, संस्थापक सदस्य, सल्लाहकार तथा सहयोगी परिवारप्रति हार्दिक आभार प्रकट गर्दै भविष्यमा पनि यस्ता सहयोगात्मक कार्य निरन्तर रहिरहोस् भन्ने शुभेच्छा व्यक्त गरेको छ।







पोखरा बचत सहकारीका बचतकर्तालाई उजुरी दर्ता गर्न प्रहरीको आह्वान
नागरिक समाज कास्कीले माग्यो सर्वपक्षीय राजनीतिक सम्मेलन
महायज्ञ सुरु नहुँदै मानव सेवा आश्रमलाई उल्लेख्य दाता
कोक्यापको कार्यशाला
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया