‘पुतली बाजे’ अब पुस्तकमा

पोखरा ।
‘तर केही मान्छेहरु छन् । जो साँसारीकता सबै छोडेर पुतलीकै दुनियामा हराइ रहन्छन् । उनीहरुकै नृत्य र लयमा बगि रहन्छन । विस्तारै पुतलीको कलात्मक पखेँटा आफैले उनेर पुतलीका कुरा गर्दै र पुतलीका पछि लाग्दा लाग्दै आफै पुतली भैजान्छन् ।
आजको यो कार्यक्रम खासमा बेलायतबाट उडदै आएर नेपालको सुन्दर धर्तीमा पुतलीको काम गर्दा गर्दै पुतलीजस्र्तै जिवन विताएका पुतलीबाजेको सम्मानको कार्यक्रम हो र उनको जिवनयात्रामा फेरी एकपटक फर्केर उनलाई सम्झने मेलो हो । र मेलोको बहाना हो । पिटर वायनले लेखेको पुस्तक बटरफ्लाइ ग्रयाण्डडयाड,’ पुस्तक लोकर्पणपछि पुस्तकका बारेमा बोल्न मञ्चमा उभिएका पोखरा युवा सांस्कृतिक परिवार (पोयुसाप) का निवर्तमान अध्यक्ष उपेन्द्र पौडेलले यि हरफ भनिरहँदा हलमा तालीको गड्गडाहत थियो । केही भावुक ।
पौडेलले भनेझै पुतलीसँग खेल्दा खेल्दै आफै पुतली बनेका कलिन स्मिथलाई हलले एकपटक सम्झिरहेको थियो । बेलायलमा जन्मिएर नेपाललाई कर्मथलो बनाएका स्मिथको करिव २ वर्ष अघि मृत्यू भयो । जीवनको उत्तरार्धमा नेपाली नागरिक बनेका उनले नेपालमा पुतलीको खोज र अनुसन्धान लामो समय बिताए । केही समय प्राध्यापनको काम पनि गरे । उनले पढाएका डा. बाबुराम भट्टराई देशको प्रधानमन्त्री बने । डा. उपेन्द्र देवकोटा डाक्टर भए । कोही साहित्यरकार, कोही उद्यमी व्यावसायी । एक अर्थले उनले नेपालका लागि अतुलनीय योगदान दिएका छन् ।
पुतलीको काम गरेकाले उनको उपनाम नै पुतली बाजे रह्यो । उनै स्मिथको जीवनीमा आधारित पुस्तक ‘पुतली बाजे’ (बटरफ्लाई ग्रयाण्डड्याड) पोखरामा लोकार्पण गरिएको छ । बेलायती लेखक पिटर वायनद्वारा लिखित उक्त पुस्तकको पोखरा युवा सांस्कृतिक परिवारको आयोजनमा शुक्रबार लोकार्पण गरिएको हो । पुस्तकको संगित नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति तथा साहित्यकार सरुभक्त, पृथ्वीनारायण क्याम्पसका संस्थापक क्याम्पस प्रमुख जर्जजोन, पुस्तकका लेखक पिटर लगायतले संयुक्त रुपमा लोकर्पण गरे ।
लोकर्पण अघि पोखरा युवा सांस्कृतिक परिवारकी अध्यक्ष रिता अधिकारी रितुले पुतली बाजे नेपालका लागि अतुलनीय योगदान दिने नागरिक भएको बताइन् । उनको जीवनीमा आधारित पुस्तक पोयुसापले लोकार्पण गर्न पाउनु उल्लेख्य काम भएको उनले सुनाइन् । पुतली बाजेले पोखरालाई कर्मक्षेत्र बनाएकाले पोयुसापलाई यो कामको अधिकार नै भएको उनको भनाइ थियो ।
पोयुसापका निवर्तमान अध्यक्ष उपेन्द्र पौडेलले पुस्तक पिटर वायनले लेखको पुस्तक ११ वटा अध्यायमा बाडीएको बताए ।
पुस्तकको पहिलो खण्डमा पिटरले कलीनको प्रारम्भीक दिन उनको शिक्षा दिक्षा र जिवनशैलीको कुरा गरेका उनले सुनाए । उनका अनुसार पुतकमा कलिनको नेपालयात्रा, पहिलो काठमाण्डौ अनुभव, नेपालमा अध्यापन कर्म, पुतली म्युजीएमको सुरुवात, पुतली अडिटको यात्रा बृतान्त र केही निजि पत्रचारका इमेल समेत पढन पाइन्छ । जहाँ कलीनले संकलन गरेका पुतली र त्यसको दस्तावेजीकरणको वृहत फेहरीस्त समावेश गरीएको छ । पोखराको शिक्षा विकासको इतिहाँस पढन चाहनेहरुका लागी पनि यो एउटा आँखिझयाल रहेको समेत उनको भनाइ थियो ।
कार्यक्रममा संगित नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति तथा साहित्यकार सरुभक्त, पृथ्वीनारायण क्याम्पसका संस्थापक क्याम्पस प्रमुख जर्जजोन, पुस्तकका लेखक पिटर, साहित्यकार रमेश श्रेष्ठ, पुस्तक लेखन सहयोगी सुरेन्द्र श्रेष्ठ, कपिलदेव थापा, पुतली संकलन सहयोगी सुरेन्द्र परियार लगायतले पुस्तकले पुतली बाजेको योगदानलाई अमर राख्न सहयोग पुग्ने बताएका थिए ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया