जेनजी आन्दोलनमा अराजक गतिविधि गर्नेलाई कारबाही गर्न उद्योग तथा व्यवसायी महासंघ पोखराको माग

समाधान संवाददाता २०८२ असोज २६ गते १६:४२

पोखरा ।
नेपाल उद्योग तथा व्यवसायी महासंघ पोखराले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा उद्योगी व्यावसायिक प्रतिष्ठानमा लुटपाट, आगजनी तथा चोरी गरेको घटनाको घोर भर्सना गरेको छ ।


महासंघको शुक्रबार बसेको बैठकले अराजक घटनामा संलग्न दोषीलाई यथाशिघ्र कानुनी दायरामा ल्याएर कारबाही गर्न माग गरेको छ । घटनाले देशको अर्थतन्त्र, रोजगार सृजना, र पर्यटन क्षेत्रमा गम्भीर असर पार्ने मात्र नभई वैदेशिक लगानीलाई पनि निरुत्साहित गर्ने खतरा उत्पन्न गराएको महासंघको भनाइ छ ।


व्यावसायिक सुरक्षा सुनिश्चित गर्न बैठकले प्रवीण रानाभाटको संयोजकत्वमा ५१ सदस्यीय ‘व्यावसायी सुरक्षा समन्वय समिति’ गठन गर्ने निर्णय गरेको छ । समितिले प्रहरी प्रशासनसँग समन्वय गर्दै व्यावसायिक क्षेत्रको सुरक्षा र सुरक्षा निकायको मनोबल वृद्धि गर्न भूमिका खेल्ने महासंघले जनाएको छ ।

Advertisement


महासंघका अध्यक्ष हेमराज भण्डारीले महासंघ पोखरा महानगर क्षेत्रमा फैलिएका व्यवसायीको हकहितका लागि सक्रिय रूपमा काम गर्दै आएको बताए । बैठकले आगामी वर्षका लागि अन्य व्यावसायिक क्षेत्रको विकास र कार्य योजनाहरूको विषयमा पनि विस्तृत छलफल र निर्णय गरेको कार्यसमितिका सदस्य लोकेन्द्र राईले दिए ।

Advertisement

तपाईको प्रतिक्रिया