कास्कीमा पासपोर्टको काम सोमबारदेखि हुने

पोखरा । जिल्ला प्रशासन कार्यालयबाट सोमबारदेखि पासपोर्ट बनाउने काम सुरु हुने भएको छ ।
कार्यालयले आईतबार सूचना जारी गर्दै भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका पछि रोकिएको पासपोर्ट बनाउने काम पुनः सुरु हुने जानकारी दिएको हो । आन्दोलनका क्रममा कार्यालयमा तोडफोड, आगजनी र चोरीपछि भदौ २९ देखि सेवा सुरु गरेपनि पासपोर्टको काम सोमबारदेखि हुन हुने जानकारी दिएको हो ।
सूचनामा कास्की जिल्ला स्थायी ठेगाना भएका सेवाग्राहीहरुको लागि मात्र राहदानी सेवा उपलब्ध गराईने जानकारी दिइएको छ । साथै, नयाँ राहदानी र नवीकरणका दुवै सेवाहरु सुचारु हुने सूचनामा उल्लेख छ ।
कार्यालय परिसरमा रहेको एनआईसी एसिया बैंकको शाखा सञ्चालन नभएकाले राहदानीको लागि आवश्यक राजश्वको कामका लागि कार्यालयले विद्युतीय माध्यम (खल्ती÷इसेवा) प्रयोग गर्न सेवाग्राहीहरुलाई आग्रह गरेको छ । बैंक मार्फत् राहदानीको लागि राजश्व जम्मा गर्नुपर्ने भएमा उक्त बैंकको विरौटा शाखामा पनि भनेको छ ।
साथै, अहिले सीमित श्रोतसाधन र साँघुरो स्थानवाट सेवा सुचारु भएकाले अत्यावश्यक परेका सेवाग्राहीहरुले मात्र राहदानीको लागि आवेदन गर्नुहुन अनुरोध गरिएको छ । साथै, पासपोर्ट बनेको म्यासेज आएको खण्डमा आफ्नो पासपोर्ट लिन पनि भनिएको छ ।








भारतीय ‘टुर अपरेटर’ टोली पोखरामा
अमृत गुरुङसहित ९ जनालाई पोखरा महानगरको नवरत्न सम्मान
दैनिक १ सय ३० कामदार खटाएर मादी पुल निर्माण गरिँदै
सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दीमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया