जेन–जी आन्दोलनपछि भागेका ५४० भारतीयसहित ५ हजार बढी कैदीको नामावली सार्वजनिक

काठमाडौं । जेन–जी आन्दोलनका दिन देशभरका कारागारहरूबाट भागेका कैदीबन्दीमध्ये पाँच हजार ५४७ जना अझै फरार रहेका छन्।
कारागार व्यवस्थापन विभागले आइतबार उनीहरूको नामावली सार्वजनिक गर्दै हालसम्म नौ हजार आठ जना मात्र कारागारमा पुनः फर्किएको जानकारी दिएको हो।
भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा देशका विभिन्न कारागार तोडफोड भएपछि ठूलो संख्यामा कैदीबन्दी फरार भएका थिए। विभागका अनुसार फरारमध्ये ५४० जना भारतीय नागरिक छन् भने अन्य देशका १०८ जना विदेशी नागरिक पनि सामेल छन्।
आइतबार गृहमन्त्रालयमा बसेको मन्त्रीस्तरीय बैठकले कारागार बाहिर रहेका कैदीबन्दीलाई शीघ्र फिर्ता ल्याउने कार्यलाई प्रभावकारी बनाउन फरार व्यक्तिहरूको नामावली सार्वजनिक गर्ने निर्णय गरेको विभागले जनाएको छ।
विभागले आम नागरिकलाई पनि फरार कैदीबन्दीको सुराकी दिने गरी सहयोग गर्न आग्रह गरेको छ।









१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया