अब एटिएमबाट एक पटकमा २० हजार मात्र निकाल्न पाइने
समाधान संवाददाता
२०८२ असोज २७ गते ६:१४

काठमाडौं । नेपाल राष्ट्र बैंकले एटिएमबाट निकाल्न सकिने रकमको सीमा घटाएको छ। नयाँ निर्देशनअनुसार अब बैंक तथा वित्तीय संस्थाले जारी गरेका डेबिट कार्डमार्फत एक पटकमा अधिकतम २० हजार रुपैयाँ मात्रै झिक्न सकिनेछ।
राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले जारी गरेको परिपत्रका अनुसार एक दिनमा अधिकतम ५० हजार रुपैयाँ र एक महिनामा ३ लाख रुपैयाँसम्म मात्र निकासी गर्न सकिने व्यवस्था गरिएको छ।
यसअघि एक पटकमा २५ हजार, एक दिनमा १ लाख र एक महिनामा ४ लाख रुपैयाँसम्म निकाल्न पाइन्थ्यो।
राष्ट्र बैंकले यो नयाँ सीमा लागू गर्नुको उद्देश्य डिजिटल कारोबारलाई प्रवर्द्धन गर्ने र नगद प्रयोगमा नियन्त्रण ल्याउने रहेको स्पष्ट गरेको छ।

सम्बन्धित









हिमालय क्लबको सभा
तमु फोटो प्रतियोगितामा राम गुरुङ प्रथम
लेक लाग्न नदिने उपाय खोजी
फेवाताल पुर्नेलाई कारबाही माग
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया