विकास नेपालको सभा

पोखरा ।
विकास नेपालको २१ औं वार्षिक साधारण सभा आइतबार पोखरामा भएको छ । सभामा पोखरा १५ का वडाध्यक्ष तोरणबहादुर बानियाँले स्थानीय सरकारले सबैसँग पहुँच पुर्याउन पनि गैह्रसरकारी संस्थाको आवश्यकता रहेको बताए ।
उनले हरेक क्षेत्रमा इमान्दारिता र कर्मशिलता भएमा मात्र समाजले फड्को मार्न सक्ने धारणा राखे । संस्थाका सल्लाहकार रमेश पौडेलले कुनै पनि सरकारको ध्यान नपुगेको स्थानमा गैह्र सामाजिक संस्था पुगेर काम गरिरहेको बताए ।
गैसस महासंघ गण्डकी प्रदेशका इन्चार्ज गोपाल खड्काले गैह्र सरकारी संस्थाहरु सरकारसँग समन्वय गरी अगाडि बढेमा अन्तर्राष्ट्रिय दाताहरु सहकार्य गर्न इच्छुक हुने विचार राखे । यस संस्थाले अपांगता र कुष्ठरोग क्षेत्रमा काम गर्दै आएकोेमा अझै प्रभावकारी ढंगबाट अगाडि बढ्नु पर्नेमा निवर्तमान अध्यक्ष बुद्धिबहादुर थापाको जोड छ ।
सभामा संस्थाका सचिव बुद्धिबल रम्तेलले वार्षिक प्रगति प्रतिवेदन र ०८२/०८३ को प्रस्तावित वार्षिक योजना प्रस्तुत गरे । संस्थाका कोषाध्यक्ष शंकर पन्थले ०८१/०८२ को आर्थिक प्रतिवेदन र ०८२/०८३ को प्रस्तावित वार्षिक बजेट प्रस्तुत गरे । संस्थाका अध्यक्ष गणेश पाख्रिनको अध्यक्षतामा भएको सभामा उपाध्यक्ष विमलाकुमारी केसीले स्वागत गरिन् ।








राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
कास्कीमा एक महिनामा १८६ मुद्दा दर्ता, फरार प्रतिवादीबाट ३५ लाख बढी असुल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया