लमजुङमा अरिङ्गालको टोकाइबाट एकको मृत्यु
समाधान संवाददाता
२०८२ असोज २७ गते १५:५७

लमजुङ ।
यहाँ अरिङ्गालले टोकेर घाइते भई अस्पतालमा उपचाररत एक जनाको मृत्यु भएको छ ।
आइतबार साँझ अरिङ्गालले टोकेर घाइते भएका बेँसीसहर नगरपालिका–११ चितिका ८२ वर्षीय यज्ञनिधि तिवारीको पुरानो मेडिकल कलेज चितवनमा गएराति उपचारका क्रममा मृत्यु भएको वडाध्यक्ष शिवप्रसाद जोशीले बताए ।
उनले भने, “बाटोमा हिँड्ने क्रममा कसैले जिस्काएको अरिङ्गाललले टोकेर घाइते हुनुभएको थियो, तत्काल उपचारका लागि बेँसीसहरस्थित प्रदेश अस्पताल लमजुङमा लगिए पनि थप उपचारका लागि आइतबार साँझ चितवन लगिएको थियो ।”
जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी राजकिशोर शाहले तिवारीको मृत्यु भएको तथा शवपरीक्षण चितवनमा नै हुने र त्यहीँबाट परिवारले बुझ्ने बताए । रासस
सम्बन्धित








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया