मोडिफाई गरिएका मोटरसाइकल चलाउने ४ जना पक्राउ

पोखरा ।
कास्की प्रहरीले स्वरुप परिवर्तन (मोडिफाई) गरिएका मोटरसाइकल चलाउने ४ जनालाई नियन्त्रणमा लिएको छ । ठूलो आवाज निकाली ध्वनि प्रदूषण गर्ने, समाजलाई आतंकित पार्ने र शान्ति सुव्यवस्था खलल पार्ने गतिविधिमा संलग्नहरुलाई प्रहरीले विभिन्न मिति र समयमा पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीले दिएको जानकारीअनुसार, पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका १० बुद्धचोक बस्ने २१ वर्षीय सुवास कार्की, म्याग्दी मालिका गाउँपालिका १ स्थायी ठेगाना भई हाल पोखरा महानगरपालिका ३ बस्ने २५ वर्षीय एल्बिन पुन, पोखरा महानगरपालिका ६ बस्ने २६ वर्षीय सञ्जीव दुवाडी र पोखरा महानगरपालिका ५ प्रस्याङ बस्ने २९ वर्षीय अमृत चापागाई रहेका छन् । उनीहरुलाई क्रमशः ग १२ प ९८३२, ग २४ प ४४६६, ग १४ प ८३९९ र ग ९ प ६०१३ नम्बरका मोटरसाइकलसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रहरीले जाँचका क्रममा प्रहरीसँग विवाद गर्ने र समाजमा अशान्ति फैलाउने यस्ता गतिविधि गर्ने व्यक्तिहरुलाई कानूनी कारबाहीको दायरामा ल्याएको बताएको छ । आगामी दिनमा समेत यस्ता गतिविधि गर्ने व्यक्तिहरुलाई नियन्त्रणमा लिई कानून बमोजिम कारबाही गरिने जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले शहरी तथा ग्रामीण क्षेत्रमा हो–हल्ला गर्दै हिँड्ने, ध्वनि प्रदूषण गर्ने, साइलेन्सर पाइपबाट आगोको झिल्का समेत निकाली समाजमा अशान्ति फैलाउने मोटरसाइकलहरु आफ्नो वडा एरियामा चलाएको देखेमा नेपाल प्रहरीको हटलाइन नम्बर १००, ट्राफिक प्रहरीको १०३ वा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन सर्वसाधारणलाई अनुरोध गरेको छ । सूचना दिने व्यक्तिको पूर्ण गोपनीयता कायम रहने प्रहरीले स्पष्ट पारेको छ ।








पोखराबाट भारतीय सहरमा सिधा उडान भर्न मुख्यमन्त्रीको आग्रह
जलविद्युत् आयोजनाले गाउँ धुलाम्मे : हरियाली वनपाखा र बगैंचाभरि धुलो, स्थानीयलाई सास्ती
राजनीतिक स्थिरता नभए मुलुकमा संकट निम्तने मुख्यमन्त्री पाण्डेको चेतावनी
चुनाव आउन ७६ दिन बाँकी : समानुपातिक सिटको प्रतिशत हेरफेर गर्न अध्यादेश सिफारिस
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया