पोखरामा नक्कली पेस्तोल देखाई लुटपाट गर्ने पक्राउ

पोखरा ।
कास्की प्रहरीले नक्कली पेस्तोल देखाई लुटपाट गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका वडा नम्बर १२ शीतलादेवीकी देवीकला अधिकारीलाई पेस्तोल देखाएर लुटपाट गरेको सूचना पाएलगत्तै प्रहरीले पर्वत मोदी गाउँपालिका वडा नम्बर १ स्थायी वतन भई हाल पोखरा महानगरपालिका वडा नम्बर २० भलाम बस्ने २४ वर्षीय सुजन विकलाई पक्राउ गरेको हो ।
घटना मंगलबार राति ८ बजेर ५० मिनेटमा भएको थियो । सूचना प्राप्त भएलगत्तै वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानका क्रममा विकलाई नक्कली पेस्तोल (खेलौना) १ थान र निजले प्रयोग गरेको ग १३ प ९८३२ नम्बरको मोटरसाइकलसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले बताए ।
पक्राउ परेका विकमाथि थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।









सय वर्ष पुरानो गणेश मन्दिरमा पित्तलको छानो राखियो
पोखरा-मुग्लिन सडक : पश्चिम खण्डको मौरीओडारमा कालोपत्र थालियो
मुस्ताङमा हिउँ चितुवाको आक्रमणबाट १९ भेडा मरे
नवप्रवेशी इन्जिनियरिङ कर्मचारीलाई तालिम
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया