पलाँसको मृत्युचेतको गजल

पोखरा ।
कवि एवं गीतकार शिव पलाँसको ‘म मर्दा को को मलामी आए’ बोलको नयाँ सांगीतिक गजल सार्वजनिक भएको छ । मृत्युबोधको भाव रहेको यो गजलमा मान्छेको दोहोरो चरित्र र हराउँदै गएको मानवताप्रति व्यंग्य पनि गरिएको छ ।
ध्रुपद गायनका विद्यार्थी केशव बादीको संगीत तथा स्वर रहेको गजललाई दीक्षित पौडेलले एरेन्ज गरेका हुन् भने सम्पूर्ण ताम्राकारले रेकर्डिङ गरेका छन् । गायनमा उदाउँदै गरेका वादीले गजलका शब्दमाथि न्याय हुने गरी संगीत सृजना गर्न र स्वर भर्न सम्पूर्ण कोशिश गरेको सुनाए ।
यो गजल पलाँस क्रिएसन युट्युब च्यानल सार्वजनिक गरिएको हो । अमेरिकाको नर्थ क्यारोलाइना निवासी गीतकार पलाँस २ दशकदेखि साहित्य लेखन र गीति सृजनामा निरन्तर क्रियाशील छन् । उनको ‘माया गर्नुको अर्थ’ नामको गीत सञ्चयनसमेत प्रकाशित छ ।
पलाँसका शब्दमा ख्याति प्राप्त कलाकार दीप श्रेष्ठ, कर्ण दास, शिशिर योगी, बिबी अनुरागी, सञ्जु थापा, प्रमोद खरेलदेखि नयाँ पुस्ताका समीक्षा अधिकारी, रचना रिमाल र बाल कलाकार अनुजा कडरियासम्मले संगीत र स्वर मिसाइसकेका छन् । पलाँसका माया गर्नुको अर्थ, बेहोशीमै छोडी गयौ, खोकी लाग्दा हर्राे, खुकुरीलाई अचानोमा, छोरी लगायतका गीत लोकप्रिय छन् ।









टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
कांग्रेसको नयाँ परिपत्र : क्रियाशील सदस्यता वितरण सहज र व्यापक बनाउन निर्देशन
कोरियाली राजदूत र पोखराका मेयरबीच भेट : पर्यटन प्रवर्द्धन र विकास आयोजनामा सहकार्य
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया