अवैध रुपमा स्वरुप फेरिएका १०४ मोटरसाइकल नियन्त्रणमा
समाधान संवाददाता
२०८२ असोज ३१ गते १४:०९

पोखरा ।
जिल्ला प्रहरी कार्यालय कास्कीले चर्को आवाज निकालेर ध्वनि प्रदूषण गर्ने र समाजमा अशान्ति फैलाउने १०४ वटा मोटरसाइकल नियन्त्रणमा लिएकाे छ ।
अवैध रुपमा मोटरसाइकल स्वरुप परिवर्तन गर्ने, साइलेंसर बिगारी पड्किने आवाज निकाल्ने, राति चर्को ध्वनी प्रदूषण गर्ने र प्रहरीसँग विवाद गर्नेहरुलाई नियन्त्रणमा लिएकाे हाे।
प्रहरीका अनुसार समाजमा आतंक सृजना गर्ने, शान्ति–सुरक्षा खलल पार्ने र ध्वनी प्रदूषण बढाउनेजस्ता गतिविधिबारे व्यापक जनगुनासो आएपछि असोज २७ गतेदेखि अभियान सञ्चालन गरिएको हो।
प्रहरीसँग विवाद गर्ने र समाजमा त्रास फैलाउने २८ जना व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएकाे छ। तीमध्ये १६ जनालाई अभिभावकको जिम्मा लगाएर रिहा गरिएको प्रहरीको भनाइ छ।
सम्बन्धित








एमाले अनुशासन आयोगमा भरतराज पहारी र लेखामा कँडेल निर्विरोध
पोखरा महानगरको कृषि हाजिरजवाफमा वडा नम्बर २८ पहिलो
अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा
निर्वाचन ७९ दिन बाँकीः समानुपातिकतर्फ १४ राजनीतिक दल सहभागी नहुने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया