ललितपुरमा पोखरा विश्वविद्यालयको आंगिक क्याम्पस सञ्चालनमा

पोखरा ।
पोखरा विश्वविद्यालयले काठमाडौं उपत्यकामा पहिलोपटक आंगिक क्याम्पस सुरु गरेको छ । ललितपुरको च्यासलस्थित श्रमिक शान्ति क्याम्पसलाई विश्वविद्यालयले आफ्नो आंगिक क्याम्पसका रूपमा सञ्चालनमा ल्याएको हो । यो जानकारी विश्वविद्यालयले एक पत्रकार सम्मेलनमार्फत दिएको हो । यससँगै पोखरा विश्वविद्यालयका आंगिक क्याम्पसको संख्या पाँच पुगेको छ, जसमध्ये चारवटा पोखरामै छन् ।
विश्वविद्यालयको कार्यकारी परिषद्ले ललितपुरमा आंगिक क्याम्पस सञ्चालन गर्ने निर्णय गरेको विज्ञान तथा प्रविधि संकायका डिन बुद्धिराज जोशीले जानकारी दिए । उनका अनुसार यस क्याम्पसमा ब्याचलर अफ ल (बिएएलएलबी), ब्याचलर अफ कम्युटर सिस्टम एन्ड इन्फर्मेसन टेक्नोलोजी (बिएसस्सीसीएसआइटी) र ब्याचलर अफ आर्टीफिसियल एन्ड डेटा साइन्स (बिएआइडीएस) जस्ता कार्यक्रमहरू पढाइ हुनेछन् । यी कार्यक्रमहरूमा ८० प्रतिशत विद्यार्थीले शुल्क तिरेर पढ्न पाउनेछन् भने २० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिनेछ । सबै कार्यक्रम सेमेस्टर प्रणालीमा आधारित हुनेछन् ।
विश्वविद्यालयले सामुदायिक विद्यालयबाट पढेका, दुर्गम क्षेत्रका, सिमान्तकृत समुदायका र द्वन्द्वपीडित विद्यार्थीहरूलाई छात्रवृत्तिमा प्राथमिकता दिने बताएको छ । यसका साथै, प्रत्येक सेमेस्टरका उत्कृष्ट विद्यार्थीले पनि छात्रवृत्ति पाउनेछन् । मानविकी डिन सुरेन्द्र तिवारीका अनुसार क्याम्पसमा भर्नाका लागि आवेदन प्रक्रिया सुरु भइसकेको छ । इच्छुक विद्यार्थीले कात्तिक २६ गतेसम्म आवेदन दिन सक्नेछन् भने कात्तिक २८ गते प्रवेश परीक्षा लिइनेछ ।
विश्वविद्यालयका अन्तर्राष्ट्रिय सम्बन्धन केन्द्रका निर्देशक दिपाञ्जल श्रेष्ठले क्याम्पसमा आर्टिफिसियल इन्टेलिजेन्स (एआइ) र डेटा साइन्स (डेटा) सम्बन्धी कोर्सहरू सञ्चालन गर्न लागिएको बताए । चालु शैक्षिक सत्रमा स्नातक तहका कार्यक्रमहरू सञ्चालन गरिए पनि आगामी वर्षदेखि स्नातकोत्तर तहका कार्यक्रमहरू पनि सञ्चालन गर्ने तयारी रहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।









यस्तो छ कांग्रेसको समानुपातिक सूची आयोगमा : अर्जुननरसिंहदेखि राष्ट्रपतिकी छोरीसम्म (सूचीसहित)
ससुराको नाम समानुपातिकमा परेपछि गगनको प्रष्टीकरण: ‘मेरो चाहना र हरसम्भव प्रयास विपरितको निर्णय हो’
गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया