कोरला नाका स्वास्थ्य शिविरमा १२६ जना लाभान्वित

जोमसोम ।
नेपाल–चीन उत्तरी कोरला नाकास्थित २४ नम्बर सीमा स्तम्भ दशगजा क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालले शुक्रबार एकदिने स्वास्थ्य शिविर चलायो । सशस्त्र प्रहरी बल नेपाल ३३ गुल्म हेडक्वाटर मुस्ताङ र सशस्त्र प्रहरी अस्पताल पोखराको संयुक्त आयोजनामा नेपाल–चीन सीमा क्षेत्र कोरला नाकामा स्वास्थ्य शिविर सञ्चालन गरियो ।
समुद्री सतहको ४६१० मिटर अग्लो उचाइमा अवस्थित नेपाल–चीन कोरला नाकामा चिनियाँ सामान बिक्री गर्न बसेका स्थानीय व्यापारी, त्यहाँ कार्यरत स्थानीय मजदुरका साथै कोरला नाका अवलोकन गर्न जाने पर्यटकहरूलाई लक्षित गरी सशस्त्र प्रहरी बल नेपालले पहिलो पटक उच्च उचाइको स्थानमा स्वास्थ्य शिविर चलाएको जनाएको छ ।
‘सीमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रम’ अन्तर्गत कोरला नाकामा स्वास्थ्य शिविर सञ्चालन गरिएको सशस्त्र प्रहरी बल नेपाल ३३ गुल्म मुस्ताङका सशस्त्र प्रहरी नायव उपरीक्षक भेषराज गिरीले जानकारी दिए ।
लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङको विशेष उपस्थितिमा आयोजना गरिएको स्वास्थ्य शिविरमा एक सय २६ जना लाभान्वित भएका छन् । स्वास्थ्य शिविरमा कोरला नाकामा पाल टाँगेर व्यापार गर्न बसेका स्थानीय व्यापारी, कोरला नाकामा मालवस्तु लोड–अनलोड गर्न बसेका स्थानीय कामदार, चालक तथा सहचालक र कोरला नाकामा लेक लाग्ने समस्या भएका पर्यटकहरूको स्वास्थ्य परीक्षण भएको सशस्त्र प्रहरी नायव उपरीक्षक गिरीले उल्लेख गरे ।
त्यहाँ आयोजित स्वास्थ्य शिविरका लागि सशस्त्र प्रहरी अस्पताल पोखराबाट चिकित्सक डा. आर्कषा श्रेष्ठ लगायतको पाँच जना मेडिकल टोली र सशस्त्र प्रहरी बल नेपाल ३३ गुल्मबाट ३ जना गरी ८ जनाको मेडिकल टोली खटिएका थिए । कोरला नाकामा सशस्त्र प्रहरी बल नेपालले त्यहाँ बिहान ११ बजेबाट दिउँसो ३ बजेसम्म सीमाबासी र पर्यटकहरूको स्वास्थ्य परीक्षण गरेको जनाइएको छ ।
नेपाल–चीन कोरला नाकामा सीमावर्ती क्षेत्रका स्थानीय नागरिकहरूका लागि सञ्चालन गरिएको यस प्रकारको स्वास्थ्य शिविर पहिलो हो । सीमा क्षेत्रको शान्ति सुरक्षा कायम गर्न तथा सीमाक्षेत्रमा हुनसक्ने अवैध गतिविधि र अवाञ्छित क्रियाकलाप रोक्न तथा नेपाल–चीन भइरहेको अन्तरदेशीय व्यापारलाई सुरक्षा सहजीकरण गर्ने जिम्मा पाएको सशस्त्र प्रहरीले कोरला नाकामा सीमाबासीको स्वास्थ्य रक्षाका लागि स्वास्थ्य शिविर चलाएको यहाँका सशस्त्र प्रहरी नायव उपरीक्षक गिरीले बताए । कोरला नाकामा सीमाबासी व्यापारी र पर्यटकहरूको दम, प्रेसर, सुगर लगायतको स्वास्थ्य परीक्षण गरियो ।









फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
चुनाव आउन ७२ दिन बाँकी : सरकारी तलब खाने र पीआरधारी समानुपातिक उम्मेदवार बन्न अयोग्य
प्रतिभा माविले जित्यो १८औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया