सुनको मूल्यमा नयाँ रेकर्डः प्रतितोला ७६ हजार

समाधान संवाददाता, काठमाडाैं
सुनको मूल्यले फेरी नयाँ ऐतिहासिक कीर्तिमान कायम गरेको छ।
आइतबार प्रतितोला सुनको मूल्य ७५ हजार ५ सय पुगेको छापावाल सुनको मूल्य सोमबार ५ सयले बढेर ७६ हजार पुगेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ।
नेपाली बजारमा यो अहिलेसम्मकै सबैभन्दा उच्च मूल्य हो। पछिल्लो केही दिनदेखि सुनको मूल्य बढिरहेको थियो।
गत बिहीबार छापावाल सुन प्रतितोला ७३ हजार ५ सयमा कारोबार भयो। शुक्रबार १ हजार रुपैयाँ बढेर ७४ हजार ५ सय पुगेको सुनको मूल्य आइतबार पनि हजार रुपैयाँ बढेको थियो।
यस्तै तेजावी सुनको मूल्य पनि प्रतितोला ७५ हजार ७ सय रुपैयाँ पुगेको छ।
अमेरिका र ईरानको बीचमा बढेको तनावको असर सुनमा देखिएको विश्लेषकहरुले बताएका छन्। अहिले अन्तर्राष्टिय बजारमै सुनको मूल्य बढेको छ।
केही दिन अघि प्रतिऔंस १५ सय ३० अमेरिकी डलर रहेको सुनको भाउ सोमबार १५ सय ७७ प्रतिऔंस पुगेको छ। अन्तर्राष्ट्रिय मिडियाहरुले पनि सुनको मूल्य अझै बढ्ने बताइरहेका छन्।
भारतिय मुद्रा कमजोर भएर डलर महंगो पर्न गई सुनको भाउ वृद्धि भएको सुनचाँदी व्यवासायी महासंघको महासचिव धर्मसुन्दर ब्रजाचार्यले बताए। बज्राचार्यले सुनको भाउ अझै बढ्ने दाबी गरे।
सुनसँगै चाँदीको मूल्य पनि आकासिएको छ। आइतबार ९ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी सोमबार २० रुपैयाँ बढेर ९ सय २० रुपैयाँ पुगेको छ।









बाँझो भिरालो जग्गामा सुन्तला फलाएर दलबहादुरले कमाए १६ लाख
चुनाव आउन ७१ दिन बाँकी : समानुपातिक सूची बनाउन दलहरू व्यस्त, आयोगको तयारी तीव्र
फागुन २१ को चुनाव : तीन दृश्यले घटायो सरकार र दलबीचको दूरी
टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया